भोटेकोशी बाढी राष्ट्रिय शोकको विषय हो, विपत्तिमाथि राजनीति गर्नु हुँदैन :ओली

<span class='c1'>भोटेकोशी बाढी राष्ट्रिय शोकको विषय हो,</span> <span class='c2'>विपत्तिमाथि राजनीति गर्नु हुँदैन :ओली</span>

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रसुवाको भोटेकोशीमा आएको बाढीबाट भएको क्षति राष्ट्रिय शोक र पीडाको विषय भएको बताएका छन् ।

आइतबार एमालेको कार्यक्रममा बोल्दै ओलीले भोटेकोशीमा आएको बाढी असाधारण, भयावह र विनाशकारी रहेको बताए । यस प्रकारको क्षति यसअघि त्रिशूलीमा समेत नदेखिएको बताउँदै उनले बाढीका कारण ठूलो जनधनको क्षति भएको बताए ।‘जनको क्षति अपूरणीय हुन्छ । धनको क्षति तत्कालका लागि असुविधा हुनसक्छ, पछि त्यसलाई जोड्दै जान सकिन्छ । तर जीवनको क्षति अत्यन्तै पीडादायक हुन्छ,’ ओलीले भने । उनले बाढीले मानिसलाई उम्कने सम्भावनासमेत नदिई बगाएको बताए । ओलीले अहिलेको विपत्ति राष्ट्रिय शोक र पीडाको समय भएकाले यस्तो अवस्थामा कसैले पनि राजनीतीकरण गर्न नहुने बताए ।

‘यो साझा पीडा हो, साझा शोकको बेला हो । यस पीडालाई समाधान गर्ने पनि साझा दायित्व हो,’ ओलीले भने । उनले विपत्तिबाट प्रभावित नागरिकको गर्ने पनि सबै पक्षले साझा जिम्मेवारी रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्