बाढीपीडितको सहयोगका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड जम्मा गर्ने

<span class='c1'>बाढीपीडितको सहयोगका लागि कांग्रेसले प्रधानमन्त्री राहत</span> <span class='c2'>कोषमा १ करोड जम्मा गर्ने</span>

ललितपुर । नेपाली कांग्रेसले रसुवा र नुवाकोटलगायतका क्षेत्रमा आएको बाढीबाट प्रभावित नागरिकको सहयोगका लागि प्रधानमन्त्री राहत कोषमा १ करोड रुपैयाँ जम्मा गर्ने निर्णय गरेको छ।

कांग्रेसको केन्द्रीय कार्यालयमा बसेको बैठकले बाढीपीडितको उद्धार तथा राहतका लागि उक्त रकम कोषमा जम्मा गर्ने निर्णय गरेको हो। बैठकको निर्णयबारे जानकारी दिँदै पार्टीका प्रवक्ता देवराज चालिसेले एक करोड रुपैयाँ प्रधानमन्त्री राहत कोषमा जम्मा गर्ने निर्णय भएको बताए।

प्रवक्ता चालिसेले सरकारले राहत तथा उद्धारका कार्यलाई थप तीव्रता दिनुपर्ने बताए। विशेषगरी सुरुङमा फसेका नागरिकको उद्धारका लागि तत्काल प्रयास बढाउनुपर्नेमा उनले जोड दिए। खोज तथा उद्धार कार्यलाई परिणाममुखी बनाउनुपर्ने भन्दै आवश्यक परे अन्तर्राष्ट्रियस्तरका विज्ञहरूको सहयोग लिनसमेत सरकारलाई सुझाव दिए। उनले बाढीपीडितसम्म राहत प्रभावकारी र तत्काल पुर्‍याउन स्थानीय तहलाई जिम्मेवारी दिने विषयमा ध्यान दिनुपर्ने बताए।

रसुवा र नुवाकोटमा पर्यटन तथा व्यावसायिक प्रयोजनका लागि विभिन्न जिल्लाबाट पुगेका नागरिकसमेत बाढीबाट प्रभावित भएको उल्लेख गर्दै चालिसेले उनीहरूको पनि खोजी तथा सुरक्षामा विशेष ध्यान दिन सरकारसँग आग्रह गरे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्