५१ दिनपछि आंशिक खुल्यो मेची राजमार्गको माईखोला–राजदुवाली खण्ड

<span class='c1'>५१ दिनपछि आंशिक खुल्यो</span> <span class='c2'>मेची राजमार्गको माईखोला–राजदुवाली खण्ड</span>

काठमाडौं । लामो समयदेखि अवरुद्ध मेची राजमार्गअन्तर्गत इलामको माइखोला–राजदुवाली सडकखण्ड सोमबार बिहानदेखि सञ्चालनमा आएको छ ।

सडक डिभिजन कार्यालय इलामले पहिलो चरणमा साना तथा हलुका सवारीसाधन सञ्चालनमा ल्याएको हो । लगातारको वर्षाका कारण सडक भासिएपछि गत असार २५ गतेदेखि माइखोला–राजदुवाली सडकखण्डमा यातायात पूर्ण रूपमा अवरुद्ध भएको थियो। असार २९ गतेसम्म आइपुग्दा सडक थप भासिएपछि मोटरसाइकलसहित सबै प्रकारका सवारीसाधन सञ्चालनमा समेत पूर्ण रोक लगाइएको थियो । सडक बन्द भएपछि इलामसहित पाँचथर र ताप्लेजुङको झापा तथा तराई क्षेत्रसँगको नियमित यातायात सम्पर्क प्रभावित हुँदै आएको थियो। मुख्य राजमार्ग लामो समय अवरुद्ध हुँदा दैनिक उपभोग्य वस्तुको ढुवानी, बिरामीको आवतजावत, यात्रु तथा व्यवसायीसमेत प्रभावित भएका थिए । करिब ५१ दिनदेखि बन्द रहेको सडक खुलाउन सडक डिभिजन कार्यालय इलामको टोली सफल भएको हो ।

सडक डिभिजन कार्यालयका प्रमुखसहितको प्राविधिक टोलीले सडक मर्मत तथा सवारी सञ्चालनयोग्य बनाउने काम गरिरहेको जनाइएको छ।हाललाई सडकको अवस्था र जोखिमलाई ध्यानमा राख्दै साना तथा हलुका सवारीसाधन मात्र सञ्चालनमा ल्याईएको सडक डिभिजन इलामका सुचना अधिकारी अर्जुन घिमिरेले जानकारी दिए । माइखोला–राजदुवाली सडकखण्ड वर्षायाममा पटक–पटक भासिने समस्याबाट प्रभावित हुँदै आएको छ । यसपटक पनि लगातारको वर्षा र सडक भासिएपछि लामो समयसम्म राजमार्ग अवरुद्ध भएको हो। लामो समयदेखि सडक अवरोधका कारण सास्ती खेपिरहेका इलाम सहित पाचथर र ताप्लेजुङका यात्रु तथा स्थानीयवासीलाई केही राहत पुग्ने अपेक्षा गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्