भोटेकोशी बाढीपीडितका लागि आकृति एडभर्टाइजिङद्वारा ५ लाख ५५ हजार सहयोग

<span class='c1'>भोटेकोशी बाढीपीडितका लागि आकृति एडभर्टाइजिङद्वारा</span> <span class='c2'>५ लाख ५५ हजार सहयोग</span>

विराटनगर । विराटनगरस्थित आकृति एडभर्टाइजिङका प्रबन्धक निर्देशक मनोज चौहानले भोटेकोशी बाढी प्रभावितको उद्धार, राहत तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५ लाख ५५ हजार रुपैयाँ सहयोग गरेका छन्।

चौहानले सोमबार सहयोग रकमको भौचर मोरङका सहायक प्रमुख जिल्ला अधिकारी सरोजराज कोइरालालाई हस्तान्तरण गरेका हुन्। भोटेकोशी नदीमा आएको बाढीले ठूलो जनधनको क्षति पुर्‍याएकाले विपद्का बेला मानवीय ऐक्यबद्धता आवश्यक रहेको चौहानले बताए। ‘विपद्का बेला सहानुभूति व्यक्त गरेर मात्र दायित्व पूरा हुँदैन,’ उनले भने, ‘पीडितको उद्धार, राहत र पुनःस्थापनामा हातेमालो गर्नु नै वास्तविक मानवीय जिम्मेवारी हो।’

उनले विपद्बाट प्रभावित परिवारलाई राहत तथा पुनःस्थापनामा सहयोग पुगोस् भन्ने उद्देश्यले रकम हस्तान्तरण गरिएको बताए। सहयोग रकम बुझ्दै मोरङका सहायक प्रमुख जिल्ला अधिकारी कोइरालाले विपद्का बेला गरिएको सहयोगले पीडितलाई ठूलो राहत पुग्ने बताए। उनले भोटेकोशी बाढीबाट प्रभावितका लागि सहयोग गर्न अन्य व्यक्ति तथा संस्थालाई समेत आग्रह गरे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्