विराटनगर भन्सारबाट जाँचपासपछि छुटेको ट्रक रोडशेषमा पक्राउ, कर्मचारी–एजेन्टको सेटिङ

<span class='c1'>विराटनगर भन्सारबाट जाँचपासपछि छुटेको ट्रक</span> <span class='c2'>रोडशेषमा पक्राउ, कर्मचारी–एजेन्टको सेटिङ</span>

विराटनगर । विराटनगर भन्सार र भन्सार एजेन्टको मिलेमतोमा जाँचपास भएर छुटेको ट्रकलाई रोडशेषबाट सशस्त्र प्रहरी बल नेपालले नियन्त्रणमा लिएर फिर्ता पठाएको छ । आइतबार राती ९ बजे भन्सार एजेन्ट बिनोद पोद्दारले जाँचपास गराएको उनकै सामान बोकेको भारतीय नम्बर एनएल ०२० क्यू ०५३३२ नम्बरको ट्रक रोडशेष आसपासमा सशस्त्रको नियन्त्रणमा परेको हो ।

सशस्त्र प्रहरी बल नम्बर ३ कंकालिनी गण टंकीमा भन्सार जाँचपासका क्रममा एजेन्ट पोद्दारले स्वघोषणा गरेको सामान भन्दा बढी उक्त ट्रकमा रहेको सूचना पुगेको थियो । त्यसपछि सशस्त्रले नियन्त्रणमा लिएर भन्सारमै फिर्ता पठाएको थियो ।
प्रज्ञापनपत्रमा उल्लेखित परिमाण भन्दा बढी रहेको उक्त ट्रक भित्रको सामान बारे विराटनगर भन्सार कार्यालयले स्पष्ट सूचना दिन भने मानेन । भन्सार अधिकृत एवं सूचना अधिकारी डम्बरबहादुर बस्नेतले ट्रक नियन्त्रणमा लिइएको भएपनि गाडी नम्बर र सामान बारे जानकारी नभएको बताए ।

यता भन्सार एजेन्ट बिनोद पोद्दारले भने ट्रक छुटिसकेको दावी गरेका छन् । उनले जिल्ला प्रशासन कार्यालय मोरङ, जिल्ला प्रहरी कार्यालय मोरङ, सशस्त्र प्रहरी र भन्सार कार्यालय समेतको उपस्थितिमा सामान चेकजाँच हुँदा तीन हजार रुपैँयाको बढी भेटिएको दावी गरेका छन् । तर, भन्सार कार्यालयले यसको पुनःपरीक्षण र चेकजाँच गरेर प्रतिवेदन भने अहिलेसम्म दिएको छैन ।

सशस्त्रले पक्राउ गरेको ट्रक सोमबार भन्सार कार्यालयमा बुझाइएको हो । उक्त ट्रकमा धेरैवटा फमको सामान रहेको थियो । जाँचपास गराउँदा घोषणा गरे बाहेकको सामान समेत रहेको सूचना बाहिरिएको थियो । ट्रकमा १५ कार्टुन सामान बढी रहेको दावी गरिएको छ । भन्सार कार्यालयको मुद्दा फाँटले यस अनुसन्धान गरिरहेको बुझिएको छ । मुद्दा फाँदमा बिमल साह रहेका छन् । उनलाई फोन गर्दा सम्पर्क दिन मानेनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्