‘एक घर बनाउने संकल्प’ लिन सोनु सूदको विश्व समुदायलाई आह्वान

<span class='c1'>‘एक घर बनाउने संकल्प’ लिन</span> <span class='c2'>सोनु सूदको विश्व समुदायलाई आह्वान</span>

काठमाडौं । नेपालमा हालै आएको बाढी तथा डुबानबाट प्रभावित नागरिकहरूको राहत तथा पुनस्र्थापनामा सघाउन भारतीय चलचित्र अभिनेता तथा समाजसेवी सोनु सूद मंगलबार काठमाडौं आइपुगेका छन् । लायन्स क्लब्स इन्टरनेशनल तथा ‘खाल्सा एड’ सँगको सहकार्यमा मानवीय सहायता जुटाउने उद्देश्यले उनी नेपाल आएका हुन् ।

काठमाडौं पुगेसँगै आयोजित पत्रकार सम्मेलनमा बोल्दै अभिनेता सूदले विपत्तिको यस कठिन घडीमा नेपाललाई सहयोग गर्न विश्वभर छरिएर रहेका समुदायलाई अपिल गरे । बाढीका कारण घरबारविहीन बनेका नागरिकहरूको आवास निर्माणका लागि उनले ‘एक घर बनाउने संकल्प’ अभियानको प्रस्ताव समेत गरे ।

यसअघि भारतको पञ्जाबमा आएको बाढीपछि आफ्नो संस्थाले २५७ वटा घर निर्माण गरिदिएको स्मरण गर्दै उनले नेपालमा पनि पहिचान गरिएका स्थानहरूमा आवास निर्माण थालिने जानकारी दिए ।

‘नेपाल अहिले निकै कठिन समयबाट गुज्रिरहेको छ । यो बेला अगाडि आएर सक्दो सहयोग गर्नु हामी सबैको मानवीय दायित्व हो,’ सूदले भने, ‘टाढाबाट सहयोग पठाउनुभन्दा आफैँ उपस्थित भएर पीडितहरूको हात समात्दै हामी तपाईंको साथमा छौँ भन्ने ढाडस दिनुको प्रभाव धेरै ठूलो हुन्छ । म केवल मद्दत गर्न मात्र होइन, आफ्नो जिम्मेवारी पूरा गर्न यहाँ आएको हुँ ।’ सूदका अनुसार उनको संस्था ‘सूद च्यारिटी फाउन्डेसन’, लायन्स क्लब र खाल्सा एडको संयुक्त टोलीले स्थलगत रूपमै पुगेर वास्तविक आवश्यकता पहिचान गरिरहेको छ । हाल भारतबाट दुई हजार थान कम्बल, लत्ताकपडा, सुक्खा खाद्यान्न तथा महिला स्वास्थ्य सामग्रीहरू नेपालतर्फ पठाइसकिएको उनले बताए ।

सूदले नुवाकोट लगायतका बाढी प्रभावित क्षेत्रहरूको स्थलगत भ्रमण गरी शिक्षा, स्वास्थ्य र आवाससम्बन्धी समस्या समाधानका लागि दीर्घकालीन सहयोग योजना बनाउने जानकारी दिए । नेपाली नागरिकहरूको आत्मबल र मिहिनेती स्वभावको प्रशंसा गर्दै उनले मुम्बईमा विगत २५–३० वर्षदेखि आफूसँग काम गर्ने अधिकांश व्यक्तिहरू नेपाली नै रहेको उल्लेख गरे । ठूलो विपद्का बीच पनि नेपालीहरूले देखाएको धैर्यता र मुस्कानले आफूलाई थप प्रेरित गरेको उनको भनाइ थियो ।

यसै क्रममा अभिनेता सूदले जलवायु परिवर्तन र वातावरणीय असन्तुलनप्रति चिन्ता व्यक्त गरे । प्रकृतिको दोहन र वनजङ्गल फडानीका कारण विश्वभर यस्ता विपत्तिहरू बढिरहेको उल्लेख गर्दै उनले भावी पुस्ताको सुरक्षाका लागि अहिले नै प्रकृतिको संरक्षणमा गम्भीर हुनुपर्नेमा जोड दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्