भोटेकोशी बाढीमा अझैं उद्धारको पर्खाइमा मानिस, मेरो मन अधैर्य भइरहेको छ : सांसद खरेल

<span class='c1'>भोटेकोशी बाढीमा अझैं उद्धारको पर्खाइमा मानिस, मेरो</span> <span class='c2'>मन अधैर्य भइरहेको छ : सांसद खरेल</span>

काठमाडौं । अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा ‘भोटेकोशी बाढीका कारण पर्यटन क्षेत्रमा परेको प्रभाव’का बारेमा छलफल जारी छ । छलफलका क्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद जगदीश खरेलले भोटेकोशी बाढीका कारण अझैं पनि विभिन्न स्थानमा मानिसहरू उद्धारको पर्खाइमा रहेको बताएका छन् ।

खरेलले बाढी प्रभावित कतिपय मानिस टनेल, कुनाकाप्चा तथा खाल्डाखुल्डीमा थोरै पानी खाएर भए पनि उद्धारको आशामा बसिरहेको हुन सक्ने बताए । ‘अहिले पनि भोटेकोसी बाढीबाट कतै टनेलतिर, कतै कुनाकाप्चातिर र कतै खाल्डोतिर स्वदेशी वा विदेशी मानिसहरु थोरै पानी खाएर भए पनि उद्धारको पर्खाइमा बसिरहेका छन्,’ उनले भने, ‘कोही आउँछ र मेरो जीवन बचाउँछ भनेर पर्खिरहेका छन् कि भन्ने सोचले मेरो मन अधैर्य भइरहेको छ ।’ दर्जनौँ मानिस अझंै जीवनको आशामा उद्धारको प्रतीक्षा गरिरहेको हुन सक्ने उनले बताए । बाढीका कारण ठूलो मानवीय क्षति भएको बताउँदै उनले एक हजारभन्दा बढी शव प्राप्त भएको बताए । उनले भने, ‘हामी यो अवस्थामा छौँ । हजार भन्दा बढी शवहरू प्राप्त भएको छ । कयौँको पहिचान भएको छैन । ४ हजारको हाराहारीमा मानिस हराएका छन् । नेपाल सरकारको अगुवाइमा हामीले १२ हजार भन्दा बढीको उद्धार गर्न सकेका छौँ ।’

उनका अनुसार करिब ४ हजार मानिस अझै हराइरहेका छन् । यद्यपि, नेपाल सरकारको अगुवाइमा १२ हजारभन्दा बढी मानिसको उद्धार गर्न सफल भएको उनले बताए । खरेलले विपद्का विषयमा नकारात्मक ‘न्यारेटिभ’ निर्माण नगर्न पनि आग्रह गरे । ‘केही भएको छैन भन्ने होइन, धेरै भइरहेको छ । रातदिन काम भइरहेको छ । तपाईं–हामी सबै लागिरहेका छौँ,’ उनले भने । उनले अप्रत्याशित र अकल्पनीय रूपमा आएको बाढीको सामना सबै मिलेर गर्नुपर्नेमा जोड दिए । साथै, उद्धारका क्रममा विदेशी नागरिकलाई पनि नेपाली नागरिकसरह प्राथमिकतामा राखेर उद्धार गरिएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्