सरकारले सुरुङमा उद्धार गर्ने प्रविधि छैन भन्यो, संसारभर त्यही प्रविधिबाट काम भइरहेको छ : ज्ञानेन्द्र शाही

<span class='c1'>सरकारले सुरुङमा उद्धार गर्ने प्रविधि छैन भन्यो, संसारभर</span> <span class='c2'>त्यही प्रविधिबाट काम भइरहेको छ : ज्ञानेन्द्र शाही</span>

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानेन्द्र शाहीले विपद्को समयमा एकअर्कामाथि आरोप–प्रत्यारोप गर्नुभन्दा सरकारलाई सहयोग गर्दै नागरिकको उद्धार र राहतमा केन्द्रित हुनुपर्ने बताएका छन् ।

बुधबार प्रतिनिधिसभाको विशेष समयमा दलगत धारणा राख्दै सांसद शाहीले सर्वदलीय बैठकमा पनि विपद्को समयमा सरकारलाई कसरी सहयोग गर्ने, सरकारले कहाँ–कहाँ र कसरी काम गर्ने तथा सबै राजनीतिक दल कसरी एकजुट हुने भन्ने विषयमा छलफल भएको बताए । ‘सरकारलाई यो विपद्को बेला हामी साथ दिइरहेका छौँ। यतिखेरको समय भनेको हामी सबै मिलेर नागरिकलाई कसरी बचाउने, बेपत्ता भएका मानिसहरूलाई कसरी खोज्ने र पीडितहरूको आँसु कसरी पुछ्ने भन्ने विषय हो। हामी सरकारको साथमा छौँ। सरकारको काँधमा काँध मिलाइरहेका छौँ,’ उनले भने । सांसद शाहीले विपद्मा पीडितको आँसु पुछ्ने तथा क्षतिग्रस्त घरहरू पुनर्निर्माण गरी नागरिकलाई पुनः सामान्य अवस्थामा फर्काउने जिम्मेवारी पनि सबैको भएको बताए। ‘यो विपद् कसैले बोलाएर ल्याएको होइन। कसैले आउनू भनेर आएको पनि होइन। यो विपद् अकस्मात् आएको हो,’ उनले भने। उनले विपद्पछि राज्यका संयन्त्रहरू परिचालित भए पनि चिलिमे सुरुङमा रहेका मानिसहरूको उद्धारमा पर्याप्त तदारुकता नदेखिएको आरोप लगाए। शाहीका अनुसार बाढी आएको दिन दिउँसो २ बजेभित्रै आफू गृह मन्त्रालय पुगेर विपद् व्यवस्थापन शाखालाई सुरुङभित्र मानिसहरू रहेको र उनीहरूको फोन नम्बरसमेत उपलब्ध गराएको जानकारी दिए । उनले गृहमन्त्रीलाई समेत यसबारे जानकारी गराएको तर उक्त सूचना समयमा सुनुवाइ नभएको दाबी गरे ।उनका अनुसार ७२ घण्टापछि मात्र सुरुङमा अनुगमन टोली पुगेको थियो भने ९६ घण्टापछि उद्धार टोली पुगेको थियो । उक्त उद्धार टोली सरकारको नभई आफूहरूले पठाएका पर्वतारोहीहरू रहेको उनले बताए ।

‘जो आफैँ पीडित हो, त्यही मानिसलाई हेलिकप्टरमा हालेर सुरुङको मुख्य द्वारसम्म लगेर गयौँ। त्यस्तो अवस्था सिर्जना भयो,’ उनले भने । सांसद शाहीले जनप्रतिनिधिसँग राज्यका स्रोतसाधन परिचालन गर्ने तथा उद्धार टोली खटाउने कार्यकारी अधिकार नरहेको बताए । त्यस्तो अधिकार सरकार र सम्बन्धित मन्त्रीसँग भएकाले आफूहरूले सोहीअनुसार आग्रह गर्दै आएको उनको भनाइ थियो ।‘हामी जनताका जनप्रतिनिधि हौँ, तर राज्यका स्रोत र साधन परिचालन गर्ने, उद्धार टोली खटाउने कार्यकारी अधिकार हामीसँग छैन। कार्यकारी अधिकार माननीय मन्त्रीज्यूहरूसँग छ। हामीले त्यही मागिरहेका हौँ,’ उनले भने । उनले उपकरण खरिद तथा उद्धारका लागि आवश्यक प्रविधि परिचालन गर्ने अधिकार पनि आफूहरूसँग नरहेको बताए । सुरुङभित्र गएर उद्धार गर्ने विषयमा आफू विज्ञ नभएको भन्दै बाहिर गएर फोटो खिच्न मात्र आफू नजाने उनले बताए । सांसद शाहीले सुरुङमा उद्धारका लागि प्रयोग गर्न सकिने मिनी स्काभेटर समयमै उपलब्ध गराउन नसकिएको आरोप पनि लगाए । उनका अनुसार सामान्य अवस्थामा पाँच घण्टाभित्र देशभित्रै वा छिमेकी राष्ट्रबाट विमानमार्फत मिनी स्काभेटर ल्याएर सुरुङ मार्गसम्म पु¥याउन सकिने अवस्था हुँदाहुँदै उपकरण उपलब्ध हुन लामो समय लागेको बताए । ‘हामीले सामान्य अवस्थामा पाँच घण्टाभित्र हाम्रो देशभित्रबाट वा छिमेकी राष्ट्रबाट विमानमार्फत मिनी स्काभेटर ल्याएर सुरुङ मार्गसम्म पु¥याउन सक्ने अवस्था हुँदाहुँदै २४ घण्टा, ४८ घण्टा, ९६ घण्टा र १४४ घण्टापछि मात्रै मिनी स्काभेटर उपलब्ध भयो,’ उनले भने।

प्रधानमन्त्रीले संसद्मा सुरुङभित्र जमेको हिलोमा पठाउन सकिने प्रविधि संसारमा नरहेको बताएको प्रसंग उल्लेख गर्दै शाहीले त्यसको प्रतिवाद गरे । उनले संसारका विभिन्न ठाउँमा यस्तो प्रविधिबाट काम भइरहेको दाबी गरे। ‘आज प्रधानमन्त्री संसद्मा बोल्नुहुन्छ, हिलोभित्र पसेको सुरुङमार्गभित्र पठाउने प्रविधि संसारमा छैन। तर म दावाका साथ भन्न सक्छु, संसारभरि काम भइरहेको छ। अहिले खोज्नुस् च्याटजीपीटीमा, अहिले खोज्नुस् गुगलमा, संसारभरि छ, संसारभरि काम भइरहेको छ,’ उनले भने। सांसद शाहीले आफूले कुनै दल, व्यक्ति वा पार्टीप्रति आरोप लगाउन नभई सुरुङभित्र अझै आफ्ना आफन्तहरू रहेको विषयमा सरकारको ध्यानाकर्षण गराइरहेको बताए । उनले सुरुङबाट जीवितै बाहिर आएका जुम्लाका पाँच जनासँग सरकारले उनीहरूको अवस्थाबारे जानकारी नलिएको आरोप पनि लगाए। ‘अहिले पनि म जीवित मान्छे ल्याएर खडा गर्न सक्छु संसद्मा, यदि संसद्ले दियो भने। जुम्लाका पाँच जना जीवित मान्छे सुरुङभित्रैबाट आएका छन् । ती मान्छेहरूसँग पनि सरकारले एक पटक सोधेन—तिमीहरूको अवस्था के थियो?’ उनले भने। शाहीले ती पाँच जनासहित अन्य केही मानिसलाई आफूहरूले व्यक्तिगत खर्चमा उद्धार गरी घर पठाएको बताए । ‘हामीले धेरै मान्छेको जीवन बचाउन सक्थ्यौँ, तर सकिरहेका छैनौँ,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्