बाढी प्रभावित क्षेत्रमा साना तथा अनधिकृत ड्रोन उडाउन रोक, अटेर गरे जफत गरिने

<span class='c1'>बाढी प्रभावित क्षेत्रमा साना तथा अनधिकृत ड्रोन</span> <span class='c2'>उडाउन रोक, अटेर गरे जफत गरिने</span>

काठमाडौं । गृह मन्त्रालयले बाढी प्रभावित क्षेत्रहरूमा साना तथा अनधिकृत ड्रोन नउडाउन सबैमा आग्रह गरेको छ । विपद्ग्रस्त क्षेत्रमा जारी खोज, उद्धार तथा राहत कार्यलाई सुरक्षित, व्यवस्थित र प्रभावकारी बनाउन मन्त्रालयले यस्तो निर्देशन जारी गरेको हो ।

मन्त्रालयका अनुसार प्रभावित क्षेत्रमा राहत सामग्री ढुवानी तथा शव स्थानान्तरणका लागि प्रयोग हुने १०० केजीसम्म भारवहन क्षमता भएका आधिकारिक ड्रोनलाई मात्र उडान अनुमति दिइनेछ । त्यसबाहेकका अन्य कुनै पनि साना वा व्यक्तिगत प्रयोजनका ड्रोन उडानमा पूर्ण रोक लगाइएको छ ।

अनुमतिबिना ड्रोन उडाइएको पाइएमा ‘एन्टी–ड्रोन’ टोली सक्रिय गरी त्यस्ता उपकरण तत्काल नियन्त्रणमा लिइने र जफत गरिने मन्त्रालयले स्पष्ट पारेको छ।उद्धार कार्यमा संलग्न टोली तथा हवाई सुरक्षाको संवेदनशीलतालाई मध्यनजर गर्दै यस जरुरी सूचनाको कडाइका साथ पालना गर्न गृहमन्त्रीले सम्पूर्ण नागरिक तथा सरोकारवालाहरूमा अपिल गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्