बाढीपीडितको सहयोगार्थ विराटनगरमा ‘सिफारिस’ नाटक मञ्चन गरिँदै

<span class='c1'>बाढीपीडितको सहयोगार्थ  विराटनगरमा</span> <span class='c2'>‘सिफारिस’ नाटक मञ्चन गरिँदै</span>

विराटनगर । रसुवाको भोटेकोशी नदी तथा तल्लो तटीय क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित परिवारको सहयोगार्थ विराटनगरको आरोहण नाटक घरम ‘सिफारिस’ नाटक मञ्चन गरिने भएको छ।

भदौ १० गते आएको भीषण बाढीबाट ठूलो मानवीय तथा भौतिक क्षति भएकोप्रति आयोजकले दुःख व्यक्त गर्दै मृतकप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको छ। साथै घाइतेको शीघ्र स्वास्थ्यलाभ र बेपत्ताको यथाशीघ्र खोजी तथा पत्ता लागोस् भन्ने कामना गरिएको छ।


संकटको समयमा सबै मिलेर सहयोग गर्नुपर्ने आवश्यकतालाई आत्मसात् गर्दै रंगमञ्चमार्फत बाढी प्रभावितका लागि आर्थिक सहयोग संकलन गर्न ‘सिफारिस’ नाटक मञ्चन गर्न लागिएको आयोजकले जनाएको छ।

नाटक यही भदौ २१ गतेदेखि २४ गतेसम्म मञ्चन हुनेछ। नाटकबाट संकलित रकम नेपाल सरकारको आधिकारिक विपद् उद्धार तथा राहत कोषमा जम्मा गरिने आयोजकले जनाएको छ।
आयोजकले बाढी प्रभावितको सहयोगका लागि आयोजना गरिएको नाटकमा सहभागी भई सहयोग गरिदिन सम्पूर्ण दर्शक तथा शुभेच्छुकलाई आग्रह गरेको छ।

नाटकको टिकट दर ३००, ५०० र १ हजार रुपैयाँ तोकिएको छ। विद्यार्थीका लागि भने सहुलियतको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्