काठमाडौँ । रास्वपा सांसद एवं इन्जिनियर श्रीराम न्यौपानले त्रिशूली ३ 'ए' बाट एक जनाको उद्धार गरिसकिएको जानकारी दिएका छन् । यसअघि उद्धार टोलीसँग भित्र रहेकाहरूको संवाद भएको उनले जानकारी दिएका थिए ।
भर्खरै एक जनाको उद्धार भएको जानकारी दिँदै न्यौपानले सामाजिक सञ्जालमा लेखेका छन्,'सुरुङभित्रबाट एक जना सञ्जय साहको जीवित उद्धार गरिएको छ । अरु पनि छन् भन्ने जानकारी प्राप्त भएको छ ।अन्यको खोज तथा उद्धार कार्य जारी रहेको छ ।'