विराटनगर । मोरङ कारागार विराटनगरमा प्रहरीले शुक्रबार दिउँसो अप्रेशन चलाएर १९ जनालाई बाहिर निकालेको छ । कारागारको ‘बी’ ब्लकमा हुलदंगा मच्चाउँदै आएकाहरुलाई प्रहरीले कारागार बाहिर निकाल्न सफल भएको हो ।
बारम्बार सिंगो प्रशासनका लागि चुनौती बन्दै आएको कारागारको ‘बि’ ब्लकमा असार १३ गतेयता केहि न केहि हुँदै आएको थियो । प्रहरी र प्रशासनले यो ब्लकमा नियन्त्रण गुमाइसकेको अवस्था रहेको थियो ।
मोरङ प्रहरीका प्रमुख कबित कटुवालका अनुसार शुक्रबार त्यहाँ भित्र दुई समूहबीच झगडा भएको थियो । त्यहि बेला प्रहरी नायव उपरीक्षक सन्तोष श्रेष्ठको कमाण्डमा टोलि खटाइएको थियो । त्यसपछि प्रहरी उपरीक्षक कबित कटवाल समेतको कारागार पुगेर कारागारको ‘बि’ ब्लकबाट १९ जनालाई बाहिर निकालिएको हो । प्रहरीले कारागार बाहिर निकालेका १९ जनालाई अब स्थान्तरणको प्रक्रिया बढाएको छ ।
प्रहरीले जर्बरजस्ती करणी मुद्दाको कैद भुक्तान गरिरहेका मोरङ ग्रामथान ४ का २८ वर्षीय प्रेम कटवाल, यहि मुद्दाका बिराटनगर मनपा ८ का २४ मनिष कुमार बिक, कटहरी ३ का ३१ वर्षीय रबिन कामत बर्ष ३३ को राजेश कामत समेतलाई नियन्त्रणमा लिएको छ । यी सबै जर्बरजस्ती करणी मुद्दामा कैद भुक्तान गरिरहेका थिए ।
यसैगरी ज्यान मार्ने उद्योग अन्तर्गत कैद भुक्तान गरिरहेका धनकुटा ५ का ४८ वर्षीय धर्मेन्द्र समेतलाई प्रहरीले बाहिर निकालेको छ । बाहिर निकाल्ने क्रममा उनको टाउकोमा चोट लागेको छ । मानव बेचबिखन मुद्दाका भारत वेष्ट बंगाल बस्ने रमेश बर्मनको छोरा बर्ष ३८ को चंचल बर्मन, भारत उत्तर दिवाद राहगौज बस्ने वर्ष २९ को तापत पासवान, कटहरी ३ का कार्तिक कामत, बिराटनगर ६ का ३० वर्षीय कुनाल सिंह मो. सदाम समेतलाई नियन्त्रणमा लिइएको छ ।
यस बाहेक प्रहरीले नियन्त्रणमा लिएका निम्न व्यक्ति र उनीहरुको मुद्दा यस्तो छ ।
१. जिल्ला मोरङ ग्रामथान गा।पा। ४ बस्ने बिर बहादुर कटवालको छोरा बर्ष २८ को प्रेम कटवाल मुद्दा जजक – २
२. ऐ। बिराटनगर मनपा ८ बस्ने आनन्द बिकखो छोरा बर्ष २४ को मनिष कुमार बिक मुद्दा जजक
३. ऐ। कटहरी गा।पा। ३ बस्ने शशिकान्त कामतको छोरा बर्ष ३१ को रबिन कामत मुद्दा जजक
४. ऐ।ऐ। बस्ने रमेश कुमार कामतको छोरा बर्ष ३३ को राजेश कामत जजक
५. जिल्ला धनकुटा धनकुटा न।पा। ५ बस्ने प्रमेचन्द्र राईको छोरा बर्ष ४८ को धर्मेन्द्रको टाउकोमा चोट लागेको मुद्वा ज्यान मार्ने उधोग
६. देश भारत वेष्ट बंगाल बस्ने रमेश बर्मनको छोरा बर्ष ३८ को चंचल बर्मन मुद्वा मानब बेचबिखन
१. देश भारत उत्तर दिवाद राहगौज बस्ने वर्ष २९ को तापत पासवान मुद्धा मानव बेचविखन ।
२. जिल्ला मोरङ कटहरी गा।पा।वडा न।३ बस्ने वर्ष कार्तिक कामत मुद्धा ज्यान मार्ने उधोग ।
३. ऐ . बिराटनगर मनपा वडा न। ६ बस्ने वर्ष ३० को कुनाल सिंह मुद्धा ला।औ।।
४. ऐ.ऐ. ८ बस्ने वर्ष ३३ को मो। सदाम मुद्धा जजक ।
५. ऐ. कटहरी गा.पा. २ बस्ने वर्ष ३१ को अजय पासवान मुद्धा जजक ।
६. ऐ।उर्लाबारी नपा ४ बस्ने वर्ष ३० को प्रशान्त भण्डारी मुद्धा ला।औ।
७. जिल्ला झापा दमक नपा ४ वस्ने वर्ष २३ को राम कुमार श्रेष्ठ ला।औ
८. जि।मोरङ पथरी नपा १ बस्ने वर्ष २७ को अनिल भट्टराई मुद्धा ला।औ ।
९. ऐ.बिराटनगर मनपा ६ बस्ने वर्ष २६ अरवाज शेख मुद्धा कर्तव्य ज्यान ।
१०. ऐ. बुढिगंगा गापा।७ वस्ने वर्ष ३९ को राम कुमार चौधरी मुद्धा कर्तव्य ज्यान।
११. जिल्ला सुनसरी हरीनगरा गापा ४ वस्ने वर्ष २२ को अजय मेहता मुद्धा जजक ।
१२. जिल्ला झापा अर्जुनधारा नपा ४ वस्ने वर्ष २४ को विशाल निरौला मुद्धा जजक ।
१३. जिल्ला सुनसरी ईटहरि(१३ बस्ने बर्ष ३८ को नजामुदिन मिया मुद्दा डाका ।९कोअअ०