विमानबाट नेपाल भित्रियो थाईगाँ*जा, हुलाकबाट धरान आएपछि चारजना पक्राउ

<span class='c1'>विमानबाट नेपाल भित्रियो थाईगाँ*जा, हुलाकबाट</span> <span class='c2'>धरान आएपछि चारजना पक्राउ</span>

विराटनगर । विमानबाट नेपाल भित्रिएर हुलाकमार्फत धरानमा पठाइएको एककेजी थाई गाँजासहित दुईजना नेपाली युवती र दुईजना भारतीय नागरिक धरानबाट पक्राउ परेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगर र इलाका प्रहरी कार्यालय धरानको संयुक्त टोलिले गत भदौ १६ गते दुईजना युवतीलाई पक्राउ गरेको थियो । दिउँसो इटहरी उपमहानगरपालिका–४ स्थित पारुहाङ चोकबाट धरान उपमहानगरपालिका–२० बिष्णुपादुका निकासी १९ वर्षीय जेसिना तामाङ र धनकुटा छथरजोरपाटी गाउँपालिका–२ निवासी २५ वर्षीया तारा मगरलाई नियन्त्रणमा लिएको थियो ।

उनीहरुसम्म कन्ट्रोल डेलिभरीमार्फत आएको पार्सल प्रहरीले नियन्त्रणमा लिएर सोधपुछ गर्दा थप वस्तु धरान उपमहानगरपालिका–१५ स्थित मिलन मार्गमा कोठामा रहेको बताएका थिए । त्यसपछि इलाका प्रहरी कार्यालय धरान र ब्यूरोको टोलिले कोठा खानतलास गर्दा एककेजी थाई गाँजा बरामद भएको थियो । दुई युवतीको साथमा रहेको मोवाइल प्रहरी नियन्त्रणमा राखेर अनुसन्धान गर्दै जाँदा गाँजा भारत पठाउनका लागि आएको खुलेको थियो ।

इलाका प्रहरी कार्यालय धरानका प्रहरी नायव उपरीक्षक भिषणबहादुर राईका अनुसार भारत लैजान नेपाल हुँदै भित्रिएको गाँजा लिन आएका दुईजना भारतीय नागरिक समेत शुक्रबार दिउँसो नियन्त्रणमा परेपछि थप अनुसन्धान सुरु गरिएको छ ।
दुई युवतीलाई नियन्त्रणमा लिएर प्रहरीले उनीहरुको मोवाइलबाट गाँजा लिन आउने भारतीय नागरिकसँग सम्पर्क कायम गरेको थियो । शुक्रबार दिउँसो गाँजा लिन आएका उनीहरुलाई दिउँसो २ बजे धरान बसपार्कबाट नियन्त्रणमा लिइएको प्रहरी नायव उपरीक्षक राईले जानकारी दिनुभयो ।

पक्राउ पर्नेमा भारत केरल राज्य कन्नोर जिल्ला, प्याराला पञ्चायत सेरी–३ का २४ वर्षीय सारोन सुनिल तिया र केरल राज्य आलपुरा पन्चायत कर्निया पल्लि २ का २२ वर्षीइ अमल आरलाई नियन्त्रणमा लिइएको हो ।
कोशी प्रदेशमा थाई गाँजा नियन्त्रणमा परेको यो पहिलो घटना हो । विमानबाट आएको गाँजा हुलाकमार्फत पार्सल भएर धरानसम्म आइपुगेको हो । जुन गाँजा सीमानाका हुँदै भारत निकासी गर्ने योजना अनुसार कारोबारीले भित्र्याएको प्रहरीले आशंका गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्