परराष्ट्रमन्त्री खनाल र माल्दिभ्सका विदेशमन्त्री आदमबीच टेलिफोन वार्ता, जलवायु न्याय र सहकार्यमा जोड

<span class='c1'>परराष्ट्रमन्त्री खनाल र माल्दिभ्सका विदेशमन्त्री आदमबीच टेलिफोन</span> <span class='c2'>वार्ता, जलवायु न्याय र सहकार्यमा जोड</span>

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल र माल्दिभ्सकी विदेशमन्त्री इरौथिशाम आदमबीच सोमबार दिउँसो टेलिफोन वार्ता भएको छ । वार्ताका क्रममा विदेशमन्त्री आदमले नेपालमा आइपरेको दुःखद घडीप्रति गहिरो दुःख व्यक्त गर्दै नेपाल सरकार तथा नेपाली जनताप्रति हार्दिक समवेदना र ऐक्यबद्धता प्रकट गरेका छन् ।

परराष्ट्रमन्त्री खनालले यस कठिन परिस्थितिमा माल्दिभ्स सरकार तथा त्यहाँका जनताले देखाएको सद्भाव, ऐक्यबद्धता र सहयोगप्रति हार्दिक कृतज्ञता ज्ञापन गरे । सो अवसरमा दुई देशका विदेशमन्त्रीहरूबीच जलवायु परिवर्तनको उच्च जोखिममा रहेका मुलुकहरूले भोग्नुपरेका साझा चुनौतीहरूबारे विस्तृत छलफल भएको थियो ।

फोनवार्तामा क्षेत्रीय तथा बहुपक्षीय मञ्चहरूमा जलवायु न्यायको पक्षमा सशक्त आवाज उठाउन र प्रभावकारी जलवायु कार्ययोजना अघि बढाउन प्रतिबद्धता गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्