बाढीमा ज्यान गुमाएका प्रति आधा झण्डा झुकाउदै विराटनगरको जनता स्कुलमा शोक दिवस

<span class='c1'>बाढीमा ज्यान गुमाएका प्रति आधा झण्डा</span> <span class='c2'>झुकाउदै विराटनगरको जनता स्कुलमा शोक दिवस</span>

विराटनगर । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै विराटनगर–२ स्थित जनता नमुना माध्यमिक विद्यालयले सोमबार शोक दिवस मनाएको छ।

सरकारले देशभर राष्ट्रिय शोक दिवस मनाउने आह्वान गरेअनुसार विद्यालय परिसरमा राष्ट्रिय झण्डा आधा झुकाइएको थियो। त्यस अवसरमा विद्यालयका विद्यार्थी, शिक्षक तथा कर्मचारीहरूले बाढीमा परी ज्यान गुमाएकाहरूको सम्झनामा एक मिनेट मौनधारण गर्दै श्रद्धाञ्जली अर्पण गरेका थिए। विद्यालय परिवारले दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना पनि व्यक्त गरेको छ।


यसैबीच, बाढीपीडितको राहत तथा उद्धारका लागि विद्यार्थीहरूले आपसी सहयोग र भाइचाराको भावना प्रदर्शन गर्दै रकमसमेत संकलन गरेका छन्। । विद्यालयका विद्यार्थीहरूबाट संकलित ७ हजार ५ सय ७५ रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पठाइएको विद्यालयका प्रधानाध्यापक चिन्तामणि रिजालले जानकारी दिनुभयो।
राहत सहयोगका लागि विद्यार्थीहरूले स्वस्फूर्त रूपमा रकम संकलन गरेको जनाउँदै प्रधानाध्यापक रिजालले विपत्तिको समयमा विद्यार्थीहरूमा मानवीय संवेदना, सहयोग र सामाजिक उत्तरदायित्वको भावना विकास गराउने उद्देश्यले समेत यस्तो पहल गरिएको बताउनुभयो।
जनता नमुना माध्यमिक विद्यालयमा नर्सरीदेखि कक्षा १२ सम्म पाँच सयभन्दा बढी विद्यार्थी अध्ययनरत छन्। ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्