विराटनगर महानगरपालिकाद्वारा प्रधानमन्त्री कोषमा एक करोड एक हजार सहयोग

<span class='c1'>विराटनगर महानगरपालिकाद्वारा प्रधानमन्त्री कोषमा एक</span> <span class='c2'>करोड एक हजार सहयोग</span>

विराटनगर । विराटनगर महानगरपालिकाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक करोड एक हजार रुपैयाँ जम्मा गरेको छ।महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विजयकुमार शर्माले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई रकम हस्तान्तरण गरेका हुन्।

पछिल्लो विपदबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले महानगरपालिकाले कोषमा उक्त रकम उपलब्ध गराएको हो। विपद्को सामना तथा प्रभावित नागरिकलाई राहत उपलब्ध गराउने सरकारी प्रयासमा सहयोग पुर्‍याउन विभिन्न स्थानीय तह, संघसंस्था तथा निकायबाट कोषमा रकम उपलब्ध गराउने क्रम जारी छ। विराटनगर महानगरपालिकाले एक करोड एक हजार रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको हो।

महानगरपालिकाको विपद् व्यवस्थापन कोषबाट ११ लाख, जनप्रतिनिधिको सेवा सुविधा, कर्मचारी तथा सामुदायिक विद्यालयका शिक्षक÷शिक्षिका को मासिक पारिश्रमिक समेत एक करोढ एकलाख हस्तान्तरण गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्