सरकारसँग बलावतीको प्रश्न- भदौ २४ गतेको हिंसात्मक गतिविधिको जिम्मेवारी कसले लिने ?

<span class='c1'>सरकारसँग बलावतीको प्रश्न- भदौ २४ गतेको</span> <span class='c2'>हिंसात्मक गतिविधिको जिम्मेवारी कसले लिने ?</span>

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)की सांसद बलावती शर्माले गत वर्ष भदौ २३ गते युवाहरूले गरेको आन्दोलन पवित्र रहेको बताएकी छन् । बुधबार बसेको प्रतिनिधिसभाको विशेष समयमा बोल्दै सांसद शर्माले भदौ २४ गते भएका हिंसात्मक गतिविधिको जिम्मेवारी कसले लिने भन्दै सरकारसँग प्रश्न गरेकी छन् । उनले भदौ २४ गते भएको सार्वजनिक तथा निजी सम्पत्तिमाथिको तोडफोड, आगजनी, लुटपाट तथा ऐतिहासिक धरोहरमाथिको क्षतिप्रति उनले गम्भीर प्रश्न उठाइन् ।

‘भदौ २३ गते युवाहरूले गरेको आन्दोलन पवित्र थियो । शान्तिपूर्ण तर भदौ २४ गते ऐतिहासिक धरोहर ध्वस्त पार्ने, सार्वजनिक तथा निजी सम्पत्तिमा तोडफोड, आगजनी र लुटपाट गर्ने उद्देश्य के थियो ?,’ उनले प्रश्न गरिन् । सांसद शर्माले सामाजिक सञ्जालमाथिको प्रतिबन्ध, सुशासनलगायत तत्कालीन सत्ताका बेथितिविरुद्ध युवाहरूले उठाएको आवाजलाई जायज भएको बताइन्। सांसद शर्माले उक्त घटनाको जिम्मेवारी कसले लिने भन्दै सरकारसँग जवाफ मागिन् । उनले आन्दोलन सत्ता आरोहणको भ¥याङ मात्रै थियो कि त्यसपछाडि अन्य कुनै उद्देश्य पनि थियो भन्ने विषयमा स्पष्ट हुनुपर्ने बताइन् ।

उनले गौरीबहादुर कार्की नेतृत्वको छानबिन तथा मानव अधिकारसम्बन्धी प्रतिवेदन कार्यान्वयन गर्नुपर्ने वा नपर्ने विषयमा पनि सरकारको ध्यानाकर्षण गराइन् । उनले भनिन्, ‘गौरीबहादुर कार्की र मानव अधिकारको प्रतिवेदन कार्यान्वयन गर्नुपर्ने थियो कि थिएन ? सरकारलाई सोध्न चाहन्छु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्