उपसभामुखद्वारा एक महिनाको पारिश्रमिक बाढीपीडितका लागि सहयोग

<span class='c1'>उपसभामुखद्वारा एक महिनाको पारिश्रमिक</span> <span class='c2'>बाढीपीडितका लागि सहयोग</span>

काठमाडौं । प्रतिनिधि सभाका उपसभामुख रुबी कुमारीले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनः स्थापनाका लागि आफ्नो एक महिनाको पारिश्रमिक सहयोग गर्ने निर्णय गरेकी छन् ।

उपसभामुख रुबीले आफ्नो एक महिनाको पारिश्रमिक नेपाल सरकारको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्न संघीय संसद् सचिवालयको प्रशासन शाखालाई निर्देशन दिएकी हुन् ।

बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनः स्थापनाका लागि सहयोग पुगोस् भन्ने उद्देश्यले उपसभामुखले उक्त सहयोग गर्ने निर्णय गरेकी हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्