विराटनगर भाद्र २९ ,
विराटनगर–७ मा रहेको माछापुछ्रे बचत तथा ऋण सहकारी संस्था समस्याग्रस्त घोषणा भएपछि बचतकर्ता, सदस्य, साहु तथा बैंक–वित्तीय संस्थालाई आफ्नो रकमको मागदाबी पेश गर्न आह्वान गरिएको छ।
कोशी प्रदेशको उद्योग, कृषि तथा सहकारी मन्त्रालयको २०८३ साउन १२ गतेको निर्णयअनुसार समस्याग्रस्त घोषणा गरिएको सहकारीको व्यवस्थापन अहिले समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले गरिरहेको छ।
समितिले २०८३ भदौ २५ गतेदेखि असोज मसान्तसम्म दाबी पेश गर्न समय दिएको छ। दाबी गर्दा नागरिकताको प्रतिलिपि, बैंक खाताको रद्द गरिएको चेक, पासबुक वा कारोबार प्रमाणलगायत आवश्यक कागजात पेश गर्नुपर्नेछ।
बाल बचतकर्ताले जन्मदर्ता, साहुले स्थानीय तहबाट प्रमाणित लेनदेनका सक्कल कागजात तथा बैंक–वित्तीय संस्थाले ऋण कारोबारसम्बन्धी आवश्यक प्रमाण पेश गर्नुपर्ने समितिले जनाएको छ।
मागदाबी पेश गर्ने स्थान : समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालय, विराटनगर–१०, एक्वापार्क दक्षिण।