रसुवा । रसुवाको चिलिमे टनेल क्षेत्रमा फसेकाहरूको खोजी तथा उद्धारका लागि रातभर काम जारी राखिएको छ । उद्धार टोलीले रातभरी पनि टनेल नजिक जम्मा भएको लेदो, माटो तथा भग्नावशेष हटाउने कामलाई निरन्तरता दिएको हो ।
एक्साभेटरलगायतका उपकरण प्रयोग गरी टनेल प्रवेश गर्ने बाटो खुलाउने प्रयास भइरहेको छ । प्रतिकूल अवस्था र ठूलो मात्रामा जम्मा भएको भग्नावशेषका बीच उद्धार टोलीले रातदिन नभनी काम गरिरहेको छ । रातिको समयमा पनि उद्धार टोली टनेलभित्र प्रवेश गर्ने प्रयासमा जुटिरहेको थियो ।