दुवै महाधिवेशन रोक्दै समझदारीको बाटो रोजौँ डा.शेखर कोइराला

<span class='c1'>दुवै महाधिवेशन रोक्दै समझदारीको</span> <span class='c2'>बाटो रोजौँ डा.शेखर कोइराला</span>

विराटनगर । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले पार्टीभित्र देखिएको विवाद समाधानका लागि संस्थापन र इतर पक्षबाट हुन लागेको दुवै महाधिवेशन रोक्दै समझदारीको बाटो रोज्नुपर्ने बताएका छन् । पार्टीको आन्तरिक समस्या तथा आसन्न दुई महाधिवेशनको सन्दर्भमा बिहीबार विज्ञप्ति जारी गर्दै कोइरालाले दुईवटा महाधिवेशनबाट मुलुकको राष्ट्रियता र लोकतान्त्रिक आन्दोलनमा आघात पुग्न सक्ने बताएका हुन् ।

‘मेरो पीडा कांग्रेसको आसन्न घोषित दुई महाधिवेशनबाट यो देशको राष्ट्रियता र लोकतान्त्रिक आन्दोलनमा पर्ने आघात हो,’ उनले विज्ञप्तिमा भनेका छन्, ‘यो रोकौँ, एउटा मध्यमार्गी र विवेकपूर्ण समझदारीको बाटो खोजौँ ।’ कोइरालाले आफूले विगतमा पनि पार्टीभित्र समझदारी कायम गर्ने प्रयास गरेको र अहिले पनि त्यही प्रयासमा लाग्ने बताएका छन् । उनका अनुसार पार्टीभित्रको वर्तमान परिस्थितिमा मध्यमार्गी बाटो कठिन भए पनि त्यसलाई नै सत्य र कांग्रेसको मूल मार्गका रूपमा लिनुपर्ने अवस्था छ ।

‘मलाई थाहा छ मध्यमार्ग कठिन मार्ग हो, मलाई यो पनि थाहा छ, यही मार्ग सत्यको बाटो हो,’ कोइरालाले भनेका छन्, ‘यही मार्ग कांग्रेसको मार्ग हो र यही मार्ग कांग्रेसको जीवन दर्शन हो ।’आफू विभिन्न आरोपको सामना गरिरहेको उल्लेख गर्दै उनले व्यक्तिगत आरोप–प्रत्यारोपभन्दा माथि उठेर कांग्रेस र देशको लोकतन्त्र सफल भएको हेर्न चाहेको बताएका छन् । आफू कांग्रेस र लोकतन्त्रको सफलताका लागि काम गर्ने सिपाही भएको उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्