तेरापन्थ युवक परिषदद्धारा विराटनगरमा ‘मेगा ब्लड डोनेसन ड्राइभ’ हुँदै

<span class='c1'>तेरापन्थ युवक परिषदद्धारा विराटनगरमा ‘मेगा</span> <span class='c2'>ब्लड डोनेसन ड्राइभ’ हुँदै</span>

विराटनगर । तेरापन्थ युवक परिषद् विराटनगरले गत बर्ष जस्तै यसपटक पनि ‘मेगा ब्लड डोनेसन ड्राइभ’ आयोजना हुने भएको छ । तेरापन्थ युवक परिषद् विराटनगरले बिहीबार विराटनगरमा पत्रकार सम्मेलनको आयोजना गरी असोज २ गतेबाट ७ गते सम्म ‘मेगा ब्लड डोनेसन ड्राइभ’ को आयोजना गर्न लागेको जनाएको छ ।

तेरापन्थ युवक परिषद् विराटनगरका अध्यक्ष अरिहन्त दुगडले रगतको अभावका कारण कुनै पनि बिरामीले उपचारमा समस्या भोग्न नपरोस् भन्ने उद्देश्यका साथ अभियान सञ्चालन गरेको पत्रकार सम्मेलनमा जानकारी गराएका छन् । ‘मेगा ब्लड डोनेसन ड्राइभ’ का संयोजक पवन पारखले रक्तदानलाई मानवीय सेवासँग जोड्दै धेरै युवा र सर्वसाधारणलाई अभियान सहभागी गराउने उद्देश्य रहेको जानकारी दिए । उनले विगतका वर्षहरूमा कुनै एक ठाउँलाई केन्द्रित गर्दै अभियान गर्दै आएकोमा यस पटकको अभियानलाई ‘कर्पोरेट’ संस्थालाई लक्षित गरेर अभियान गर्न लागेको जानकारी दिए ।

‘मेगा ब्लड डोनेसन ड्राइभ’ असोज २ गतेदेखि ७ गतेसम्म विभिन्न ‘कर्पोरेट’ (व्यावसायिक संस्था) मा आयोजना हुनेछ । असोज २ गते तेरापन्थ भवन, ३ गते भाटभटेनी, ४ गते रघुपति जुट मिल, ५ रिलायन्स स्पिनिङ मिल्स, ६ गते अरिहन्त मल्टिफाइबर्स र ७ गते सेन्चुरी स्पाइसेस एक स्न्याक्स र मार्भेल पाइपिङमा हुने कार्यक्रम संयोजक पारखले पत्रकार सम्मेलनमा जनकारी गराए । यस पटकको ‘मेगा ब्लड डोनेसन ड्राइभ’ कार्यक्रममा ७ सय बढी पिन्ट रगत संकलन लक्ष्य रहेको आयोजकले अपेक्षा राखेको छ । कार्यक्रमलाई भव्य रुपमा सम्पन्न गर्न मारवाडी युवा मञ्च विराटनगर र विराटनगर प्लेटिनम राउण्ड टेबल ११ले सहजीकरण गर्ने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्