विराटनगर । विराटनगरमा आजदेखि ‘एक्सट्रिम इनर्जी ड्रिंक प्रस्तुत ड्रिम टु प्ले’ क्रिकेट प्रतियोगिता सुरु भएको छ। प्रतियोगिताको उद्घाटन खेलमा उदयपुरले मोरङलाई ४१ रनले पराजित गर्दै विजयी सुरुवात गरेको छ।
पहिले ब्याटिङ गरेको उदयपुरले निर्धारित १२ ओभरमा ७ विकेट गुमाउँदै ८५ रन बनाएको थियो। उदयपुरका आदित्य बीकेले १८ बलमा ३६ रन बनाउँदा धवन साहनीले १५ बलमा २१ रन र प्रसन्ना धितालले १४ रनको योगदान दिए। ८६ रनको लक्ष्य पछ्याएको मोरङ ११.५ ओभरमा ४४ रनमै अलआउट भएपछि उदयपुर ४१ रनले विजयी भएको हो।
प्रतियोगितामा विभिन्न टोलीको सहभागिता रहेको आयोजकले जनाएको छ। विराटनगरमा सुरु भएको प्रतियोगिताले स्थानीय तथा उदीयमान क्रिकेट खेलाडीलाई आफ्नो प्रतिभा प्रदर्शन गर्ने अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ।