विराटनगर असोज ४ , विराटनगरमा जारी ड्रिम टु प्ले प्रतियोगिता अन्तर्गतको दोस्रो खेलमा सुनसरीले इलामलाई ५ विकेटले पराजित गरेको छ।
पहिले ब्याटिङ गरेको इलामले निर्धारित १५ ओभरमा ७ विकेट गुमाउँदै ७५ रन बनाएको थियो। इलामका लागि नाशिभ दुवालले २५ बलमा २४ रन तथा हेम खत्रीले १५ बलमा २२ रन बनाए। सुनसरीका कबिराज खत्रीले २ तथा रबिन मण्डल र समीर तिम्सिनाले समान २ विकेट लिए।
७६ रनको लक्ष्य पछ्याएको सुनसरीले ११.२ ओभरमै ५ विकेट गुमाएर ७९ रन बनाउँदै जित हात पार्यो। सुनसरीका राजु विश्वकर्माले ३५ बलमा ४० रन बनाए भने सारुशा श्रेष्ठले ११ बलमा १५ रनको योगदान दिए।
बलिङतर्फ इलामका राकेश आङदाम्बेले २ विकेट लिए।
सुनसरीले २२ बल बाँकी रहँदै ५ विकेटको जित दर्ता गरेको हो।