विराटनगर । सरकारको खरो विरोध र विश्लेषण गर्दै आएका भरत दाहाल मोरङको बेलबारीबाट पक्राउ परेका छन् । मोरङका प्रहरी प्रमुख कबित कटुवालका अनुसार उनलाई दिउँसो २ः३० बजे काठमाण्डौंं पठाईनेछ ।
दाहालले आठ दिन अगाडी अमेरिकी अनलाइन द ग्रेजोनले लेखेको समाचार शेयर गरेका थिए । त्यसबाहेक उनले विभिन्न समयमा विभिन्न किसिमका अभिव्यक्ति दिदै आएका थिए । दाहाल फरकफरक समयमा फरक फरक विषयहरु उठान गर्ने गर्दछन् । उनी माओवादी विरुद्ध कुनैबेला कडा आलोचक समेत थिए ।