मोरङ–सुनसरी सीमाबाट भित्रन्छन् मालवस्तु, पक्रनु की तर्कनु हुन्छन् सुरक्षाकर्मी

<span class='c1'>मोरङ–सुनसरी सीमाबाट भित्रन्छन् मालवस्तु, पक्रनु</span> <span class='c2'>की तर्कनु हुन्छन् सुरक्षाकर्मी</span>

विराटनगर । सुनसरीको बर्जु गाउँपालिका–३ को दमडीचौक, अमडुवा फारम, भीमपुर हुँदै बाइकमा सामान बोकेका मान्छेहरु दैनिक दौडन्छन् । एकै व्यक्ति दिनभरमा चार पटकसम्म ओहोरदोहोर समेत गर्ने गरेका छन् । सामान आउँछ, खन्याउँछ अनि फेरी फर्किन्छ । यो व्यस्ता दिनमा मात्रै छैन, रातमा पनि उतिकै चलिरहेको छ ।

स्थानीयले नेपाल प्रहरी र सशस्त्र प्रहरीसँग गुनासो पनि राख्छन् । तर, सुरक्षाकर्मीका लागि यो पक्रनु की तर्कनु जस्तो मनोविज्ञान सिर्जना हुन्छ । सशस्त्र प्रहरी बल नेपाल बिओपी बर्जुका प्रहरी निरीक्षक दिलकुमार माझीलाई दिउँसोदेखि रातीसम्म सामान भित्र्याउँदा पनि तपाँई रमिता मात्रै हेर्नु हुन्छ भन्ने गुनासो छ ? भनेर सोध्दा उनले भने–सकेजति पक्रन्छौं, सक्न छोड्यौं भन्ने अवस्थामा छैनौं । उनको आशय सुनसरीको देवानगञ्ज घटनापछि यहाँको सीमा क्षेत्रमा समस्या छ । दैनिक काम गर्दा कहिलेकाँहि खुल्ला सीमा क्षेत्रबाट प्रवेश गरेका कसैलाई देख्न नसकेको पनि हुनसक्ने उनी बताउँछन् ।

स्थानीयका अनुसार भारतबाट भित्र्याइने यी सामान फारम चौकका सानु ठाकुरकोमा आइपुग्छन् । उनको यहाँ व्यापार छ । एक स्थानीय युवाका अनुसार प्रहरीले समेत केहि न केहि भरथेग गरिदिएको छ । जुन भरथेगकै कारण भारतबाट सामान भित्रिरहेको छ । ‘हामीले भन्छौं, हाम्रो बाटो हुँदै आउने सामान रोक्नुपर्छ तर प्रहरीले सीमा क्षेत्रामा घरायसी सामान ल्याउन दिनुपर्छ भन्छ ।’ स्थानीय भन्छन् ।

सशस्त्र प्रहरी सीमा सुरक्षा पोष्टसँगै इलाका प्रहरी कार्यालय बर्जु समेत रहेको छ । यहाँका सई राजकुमार माझीले भने केहि नभएको दावी गरेका छन् । उनले नेपाल प्रहरी, सशस्त्र प्रहरीको जिल्ला प्रदेशको समेत टोलि सक्रिय रहेको बताएका छन् । तर, खुल्ला सीमा भएको तराईका जिल्लामा जति नै कडाई भएपनि सामान भित्रने गरेको छ ।

आइतबार दिउँसो मात्रै जोगबनीबाट मटेर्वा पोष्ट हुँदै भित्र्याइएको कोक, फेन्टा, स्प्राइट जस्ता सामान सशस्त्र प्रहरी बल, नेपाल नम्बर ३ गण हेडक्वाटर कंकालिनी मोरङले पाएको सूचनाका आधारमा पक्राउ परेको छ । पानी पर्नसाथ जोगबनीबाट मटेर्वाको पोष्ट नजिक ल्याएर राखिएको अवस्थामा चिसो पेय पदार्थ नियन्त्रणमा लिइएको हो । सातवटा झोलामा रहेको यो सामान भित्र्याउन नपाउँदै सशस्त्रले नियन्त्रणमा लिन सफल भएको छ ।

सशस्त्र प्रहरी बल नेपाल नं. १ बराह बाहिनी मुख्यालयका वरिष्ठ प्रहरी उपरीक्षक एवं सूचना अधिकारी तिर्थराज पौडेलले सुरक्षा संयन्त्रले अनदेखा गर्न नमिल्ने बताउँछन् । उनले खुल्ला सीमा क्षेत्रबाट भित्रने सामान नियन्त्रणमा हम्बेहम्बे पर्नु फरक कुरा हो, तर नियत राखेनराखेको विषय अनुसन्धान हुने बताए । एसएसपी पौडेलले कडाईपूर्वक नियन्त्रणका प्रयासहरु हुँदा साधनस्रोतको अभावले नियन्त्रणमा समस्या भएको हो की नियत राखिएको हो भन्ने कुराको मूल्यांकन हुने दावी गरेका छन् । तर, उनले सुरक्षाकर्मीको मनस्थिति कमजोर देखिने अवस्था नरहेको दावी गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्