भारीवर्षा र बाढीपहिरोको जोखिम बढेपछि मोरङमा सुरक्षा निकाय हाई अलर्टमा

<span class='c1'>भारीवर्षा र बाढीपहिरोको जोखिम बढेपछि</span> <span class='c2'>मोरङमा सुरक्षा निकाय हाई अलर्टमा</span>

सोनु साह,
विराटनगर । मौसम विज्ञान विभाग तथा मौसम पूर्वानुमान शाखाले असोज ७ गतेदेखि ११ गतेसम्म देशका अधिकांश स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ। भारी वर्षासँगै बाढी,डुबान,पहिरो तथा अन्य विपद्को जोखिम बढ्न सक्ने भएपछि मोरङमा जिल्ला प्रशासन कार्यालयसहित सुरक्षा निकायहरूलाई हाई अलर्टमा राखिएको छ।

जिल्ला प्रशासन कार्यालय मोरङले सम्भावित विपद्लाई मध्यनजर गर्दै पूर्वतयारी तथा आवश्यक समन्वयको काम अघि बढाएको जनाएको छ। जिल्ला प्रशासन कार्यालय मोरङका सहायक प्रमुख जिल्ला अधिकारी सरोज कोइरालाका अनुसार माथिल्लो निकायबाट प्राप्त सूचनाका आधारमा सम्भावित जोखिम न्यूनीकरणका लागि पूर्वतयारी थालिएको हो। कोइरालाले भारी वर्षाको पूर्वानुमान रहेकाले बाढी तथा अन्य विपद्को सम्भावनालाई ध्यानमा राखी सर्वसाधारणलाई आवश्यक सतर्कता अपनाउन आग्रह गरेका छन्। उनले अत्यावश्यक कामबाहेक लामो दूरीको यात्रा नगर्न तथा नदी किनार र जोखिमयुक्त क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सुरक्षित स्थानमा सर्न आग्रह गरे।

त्यसैगरी, हावाहुरी आएको अवस्थामा घरभित्रै सुरक्षित भएर बस्न तथा जोखिमपूर्ण स्थानमा नजान उनले अनुरोध गरेका छन्। विपद्का समयमा सामान्य सावधानी नअपनाउँदा अप्रत्याशित क्षति हुनसक्ने भएकाले सबैलाई सचेत र सुरक्षित रहन उनले आग्रह गरेका हुन्। कोइरालाका अनुसार जिल्ला प्रशासन कार्यालयले सम्भावित अवस्थाका विषयमा सम्बन्धित निकायसँग छलफल तथा समन्वय गरिरहेको छ। सुरक्षा निकायहरूलाई समेत हाई अलर्टमा राखिएको र आवश्यकताअनुसार थप जनशक्ति परिचालन गर्ने तयारी गरिएको उनले बताए।

मौसम विज्ञान विभागसँग समेत निरन्तर समन्वय भइरहेको भन्दै कोइरालाले अवस्था हेरेर आवश्यक परे आकस्मिक बैठक गरी थप निर्णय लिइने जानकारी दिए। उनले विपद्को समयमा सामाजिक सञ्जाल तथा अन्य माध्यमबाट फैलिन सक्ने भ्रामक सूचनाको पछि नलाग्न र आधिकारिक निकायबाट जारी हुने सूचनालाई मात्र आधार मान्न सर्वसाधारणलाई आग्रह गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्