विराटनगरमा ‘विराट ट्रेड फेयर २०८३’ को तयारी तिब्र

<span class='c1'>विराटनगरमा ‘विराट ट्रेड फेयर</span> <span class='c2'>२०८३’ को तयारी तिब्र</span>

विराटनगर असोज ७ , 

विराटनगर व्यापार संघको आयोजनामा आगामी असोज २२ देखि ३० गतेसम्म विराटनगरस्थित जैन भवनमा ‘विराट ट्रेड फेयर २०८३’ सञ्चालन हुने तयारी भएको छ

"चाडपर्वको उत्सव, व्यापारको महोत्सव" भन्ने मूल नाराका साथ आयोजना हुन लागेको यस मेलामा उपभोक्ताहरूलाई लक्षित गर्दै विभिन्न घरायसी तथा व्यावसायिक सामग्रीहरूमा भारी छुटको व्यवस्था गरिएको छ

मेलामा अटोमोबाइल्स (कार तथा मोटरसाइकल/स्कुटर), विद्युतीय उपकरण (वाशिङ मेसिन, टेलिभिजन, फ्रिज आदि), भाँडाकुँडा, लत्ताकपडा, खाद्यान्न तथा ताजा फलफूल लगायतका विविध सामग्रीहरूको प्रदर्शनी तथा बिक्री कक्ष रहनेछन् मेलालाई कोशी प्रदेश सरकार (उद्योग, कृषि तथा सहकारी मन्त्रालय), नेपाल उद्योग वाणिज्य महासंघ (कोशी प्रदेश), र विराटनगर महानगरपालिका लगायतका निकायहरूले प्रवर्द्धन तथा सहयोग गरेका छन्

दसैँ, तिहार तथा छठ पर्वलाई लक्षित गरी आयोजना गरिएको यस व्यापार मेलाले स्थानीय व्यापार प्रवर्द्धनका साथै उपभोक्तालाई एकै छानामुनि सुपथ मूल्यमा किनमेल गर्ने अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ। अहिले एक्स्पोको तयारी तिब्ररुपमा अगाडी बढेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्