विराटनगर । ताप्लेजुङको मेरिङदेन गाउँपालिक–३ दोभानमा भीषण आगलागी भएको छ । आगलागीबाट करिब १० घर जलेका छन् । आगलागी नियन्त्रणका लागि सुरक्षाकर्मीको टोली परिचालन भएको छ । प्रमुख जिल्ला अधिकारी उमेशकुमार दाहालका अनुसार स्थानीय डण्डु शेर्पाको घरबाट विद्युत सर्ट भएर आगालागी सुरु भएको थियो ।
उक्त स्थानमा सशस्त्र प्रहरी बल नेपाल नं.१ कंचनजंघा गुल्मबाट सुरक्षाकर्मी परिचालन गरिएको सशस्त्रका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिएका छन् । उक्त ठाउँमा करिब ५० घर धुरी रहेका छन् ।
प्रमुख जिल्ला अधिकारी दाहालका अनुसार अहिले नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयको प्रयासमा आगोलागि नियन्त्रणमा लिने प्रयास भइरहेको छ ।