विराटनगर। विराटनगरमा नेपाली नागरिकको नाममा दर्ता गरी चिनियाँ नागरिकले सञ्चालन गरिरहेको घरेलु सामानको खुद्रा पसलमा अनुगमनका क्रममा बिलबिना कारोबार गरेको भेटिएपछि आज असोज ७ गते साझ १८.०० बजे एक चिनियाँ नागरिक पक्राउ परेका छन् । विराटनगर महानगरपालिका–७ स्थित सेन्ट्रल मलको ग्राउन्ड फ्लोरमा सञ्चालित ‘योनो मार्ट’मा मोरङ वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण कार्यालयको अनुगमनका क्रममा प्यान/भ्याट बिल नकाटी कारोबार भइरहेको भेटिएपछि चिनियाँ नागरिक Jingxian Xie लाई थप अनुसन्धानका लागि वडा प्रहरी कार्यालय विराटनगरले नियन्त्रणमा लिएको हो । उनी व्यवसायी भिसामा नेपालमा रहेको पाइएको छ । पक्राउको तत्कालीन आधार पसलमा बिलबिना कारोबार भएको विषय रहे पनि अनुसन्धानका क्रममा उक्त पसलको वास्तविक लगानी, सञ्चालन तथा व्यवस्थापनमा विदेशी नागरिकको भूमिकासमेत संकास्पद बनेको छ । अनुगमनका क्रममा पक्राउ परेका Jingxian Xie पनि व्यवसायिक भिसामा नेपालमा रहेका छ्न।
बिराटनगरमा संचालित ‘योनो मार्ट’ कानुनी रूपमा दोलखा, जिरी स्थायी ठेगाना भएका नेपाली नागरिक धिरेन बी.के. को नाममा सञ्चालनमा रहेको देखिन्छ । तर पसलको लगानी, व्यवस्थापन तथा दैनिक व्यापारिक गतिविधिमा चिनियाँ नागरिकहरु Jingxian Xie (राहदानी नम्बर EP4118484)
आईटी लगानीको उद्देश्य देखाएर खुद्रा व्यापारकालागि आईटी क्षेत्रमा लगानी गर्ने उद्देश्य देखाएर नेपालमा आएका झाओले नेपाली सहगोगी धिरेन बी.के.को नाममा विराटनगरको सेन्ट्रल मलमा ‘योनो मार्ट’ सञ्चालनमा ल्याएका थिए । पसल सन् २०२६ जनवरीको पहिलो साताबाट सञ्चालनमा आयेको थियो। यस सम्बन्धमा वास्तविक लगानीकर्ता, व्यवसाय सञ्चालन गर्ने व्यक्ति, विदेशी नागरिकको भिसाको प्रकृति र दर्ता गरिएको व्यवसाय फरक रहेको ?