महानगरको ढिलो सूचनाले विद्यालय सञ्चालनबारे अलमल,अब ४ दिन सम्म विराटनगरका विद्यालय बन्द

<span class='c1'>महानगरको ढिलो सूचनाले विद्यालय सञ्चालनबारे अलमल,अब</span> <span class='c2'>४ दिन सम्म विराटनगरका विद्यालय बन्द</span>

विराटनगर । भारीदेखि अति भारी वर्षा हुन सक्ने सम्भावनालाई मध्यनजर गर्दै विराटनगर महानगरपालिकाले विद्यालय बन्द गर्ने सूचना ढिलो जारी गर्दा बिहीबार बिहान विद्यालय सञ्चालन गर्ने कि बन्द गर्ने भन्ने विषयमा विद्यालयहरू अलमलमा परेका थिए ।

महानगरपालिकाको शैक्षिक प्रशासन महाशाखाले बिहीबार बिहान ८ बजेपछि सूचना जारी गर्दै असोज ८ र ९ गते अर्थात् बिहीबार र शुक्रबार महानगर क्षेत्रभित्रका सबै विद्यालय बन्द गर्न अनुरोध गरेको हो। तर सूचना जारी हुनुअघि नै केही विद्यालयका बस विद्यार्थी लिन घर–घर पुगिसकेका थिए।

महानगरपालिकाले जल तथा मौसम विज्ञान विभागबाट प्राप्त मौसम पूर्वानुमानअनुसार बिहीबारदेखि असोज ११ गतेसम्म नेपालभर भारीदेखि अति भारी वर्षा हुन सक्ने सम्भावना रहेको भन्दै विद्यालय बन्द गर्ने निर्णय गरेको जनाएको छ।

तर, विद्यालय बन्द गर्ने निर्णयको सूचना भने ढिलो आएको भन्दै विद्यालय सञ्चालक तथा अभिभावकहरूले असन्तुष्टि जनाएका छन्। । महानगरपालिकामा बुधबार नै विपद् व्यवस्थापनसम्बन्धी बैठक बसेको र त्यही दिन विद्यालय बन्दसम्बन्धी सूचना जारी गर्नुपर्ने भन्दै कतिपय विद्यालय सञ्चालक तथा अभिभावकहरूले सामाजिक सञ्जालमार्फत सुझाव दिएका थिए। महानगरपालिकाका मेयरको फेसबुक पेजबाट सार्वजनिक गरिएको सूचनामा समेत धेरैले समयमै निर्णय सार्वजनिक गर्नुपर्ने धारणा राखेका छन् ।

महानगरपालिकाले दुई दिन विद्यालय बन्द गर्ने निर्णय गरेसँगै विराटनगरका विद्यालयहरू लगातार चार दिन बन्द हुने भएका छन्। । बिहीबार र शुक्रबार महानगरले बिदा दिएको छ भने त्यसपछि शनिबार र आइतबार नियमित सार्वजनिक बिदा रहेकाले विद्यालय चार दिन बन्द रहनेछन् ।
महानगरपालिकाको शैक्षिक प्रशासन महाशाखाले वर्षाका कारण स्थानीय खोला, नाला तथा नदीमा पानीको बहाव बढ्न सक्ने, सडक तथा बस्ती डुबानमा पर्न सक्ने र बाटोघाटो अवरुद्ध हुनसक्ने अवस्थालाई मध्यनजर गर्दै विद्यार्थी तथा आम नागरिकको सुरक्षाका लागि दुई दिन पठनपाठन बन्द गर्न सबै विद्यालयलाई अनुरोध गरेको जनाएको छ । महाशाखा प्रमुख रामप्रसाद ढुंगेलले जारी गरेको सूचनामा सुरक्षित विद्यालय भवनलाई आवश्यकताअनुसार विपद् प्रभावित नागरिकका लागि अस्थायी आश्रयस्थलका रूपमा प्रयोग गर्न सकिने गरी तयारी अवस्थामा राख्नसमेत आग्रह गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्