कोशी ब्यारेजमा पानीको बहाव २ लाख २९ हजार क्युसेक प्रतिसेकेण्ड, सतर्कता अपनाउन आग्रह

<span class='c1'>कोशी ब्यारेजमा पानीको बहाव २ लाख २९</span> <span class='c2'>हजार क्युसेक प्रतिसेकेण्ड, सतर्कता अपनाउन आग्रह</span>

इनरुवा । पूर्वी पहाडि तथा तराईका जिल्लामा भएको लगातार वर्षाका कारणले कोशी नदीमा कोशी ब्यारेज भएर वग्ने पानीको बहाव बढ्दो क्रममा रहेको छ । शुक्रबार १ : १५ बजे गरिएको मापन अनुसार कोशी ब्यारेज भएर वग्ने पानीको बहाव २ लाख २९ हजार ९६० क्युसेक प्रतिसेकेण्ड रहेको सुनसरीका प्रहरी नायव उपरीक्षक चन्द्रबहादुर खड्काले जानकारी दिए । पानीको बहाव उच्च भएपछि कोशी ब्यारेजका मुल ५२ वटा र नहरको ४ वटा गरेर कुल ५६ वटा ढोकामध्ये ३० वटा ढोका खुल्ला गरिएको उनले जानकारी दिए ।

पानीको बहाव बढेसँगै कोशी ब्यारेजमा खतराको सङ्केत स्वरुप रातो वत्ति बालिएको छ ,भने रातो झण्डा समेत फहराइएको कोशी ब्यारेज कन्ट्रोल रुमले जनाएको छ । नदीमा पानीको बहाव अझै बढ्न सक्ने अनुमान सहित जलस्तरको अवस्था निरन्तर अनुगमन भइरहेको कन्ट्रोल रुमले जनाएको छ । नदीको बहाव बढेसँगै कोशी आसपासका तटीय क्षेत्र तथा जोखिमयुक्त बस्तीका बासिन्दालाई उच्च सतर्कता अपनाउनका लागि सुरक्षा कर्मीले माइकिङ्ग गरिरहेको प्रहरी नायव उपरीक्षक खड्काले बताए । सप्तकोशी नदीमा निरन्तर पानीको बहाव बढ्दो क्रममा रहेकाले सतर्क रहनका लागि आग्रह गरिएको सुनसरीका प्रमुख जिल्ला अधिकारी इश्वरीप्रसाद अर्यालले जानकारी दिए ।

सप्तकोशी नदीमा पानीको बहाव बढेका बेलामा दहतरबहतरबाट आउने काठ दाउरा झिक्नका लागि गएका बेलामा जोखिम हुन सक्ने बिषयलाई मध्यनजर गर्दैै नजानका लागि सर्वसधारणलाई आग्रह गरिएको प्रजिअ अर्यालले बताए । नेपाल मौसम विज्ञान विभागद्वारा जारी विशेष मौसमी बुलेटिनअनुसार आगामी असोज ११ गते आइतबारसम्म कोशी प्रदेशका केही स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्