विराट एग्रीले आईपीओ निष्कासन गर्ने, एनआईसी एशिया क्यापिटल नियुक्त

<span class='c1'>विराट एग्रीले आईपीओ निष्कासन गर्ने,</span> <span class='c2'>एनआईसी एशिया क्यापिटल नियुक्त</span>

विराटनगर असोज १३ , 

सुनसरीको इटहरी १३ मा कार्यालय रहेको विराट एग्री लिमिटेडले सर्वसाधारणका लागि प्राथमिक शेयर (आईपीओ) निष्कासन गर्ने तयारी थालेको छ। कम्पनीले आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकका रूपमा एनआईसी एशिया क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ।

यससम्बन्धी सम्झौता विराट एग्री र एनआईसी एशिया क्यापिटलबीच सम्पन्न भएको हो। सम्झौताअनुसार क्यापिटलले कम्पनीलाई आईपीओ निष्कासनसम्म आवश्यक संस्थागत तथा परामर्श सेवा उपलब्ध गराउनेछ।

मोरङ र सुनसरीमा १०० हेक्टरभन्दा बढी जलाशय क्षेत्रमा करिब १५० वटा पोखरीमार्फत व्यावसायिक कृषि तथा मत्स्यपालन गर्दै आएको विराट एग्री देशकै ठूला व्यावसायिक मत्स्य फार्ममध्ये एकका रूपमा अघि बढिरहेको कम्पनीले जनाएको छ।

कम्पनीले इटहरी १३ को खनार औद्योगिक क्षेत्रमा दैनिक २५ टन उत्पादन क्षमताको आधुनिक फिस फिड प्लान्ट सञ्चालन गर्दै आएको छ।

आईपीओबाट प्राप्त पूँजीलाई कम्पनीले माछा उत्पादन विस्तार, पाङ्गास फिलेटिङ तथा फिस प्रोसेसिङ प्लान्ट, आधुनिक फिड प्लान्ट, कोल्ड स्टोरेज, प्याकेजिङ तथा अन्य व्यावसायिक पूर्वाधार विकासमा परिचालन गर्ने योजना बनाएको छ।

विराट एग्रीले उत्पादनदेखि प्रशोधन, प्याकेजिङ र बजारीकरणसम्मको सम्पूर्ण प्रक्रियालाई एउटै प्रणालीमा जोड्दै ‘फार्म टु मार्केट’ अवधारणामा एकीकृत कृषि तथा मत्स्य व्यवसाय विस्तार गर्ने लक्ष्य लिएको छ।

कम्पनीका अनुसार प्रस्तावित विस्तारले कृषि तथा एक्वाकल्चर क्षेत्रमा रोजगारी सिर्जना, मूल्य अभिवृद्धि तथा आयात प्रतिस्थापनमा योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्