तिहारको फोहोर संकलन गर्न विराटनगर महानगरपालिकाले मोवाइल टोलि परिचालन गर्ने

<span class='c1'>तिहारको फोहोर संकलन गर्न विराटनगर</span> <span class='c2'>महानगरपालिकाले मोवाइल टोलि परिचालन गर्ने</span>

सोनु साह,
विराटनगर । तिहार तथा छठ पर्वलाई लक्षित गर्दै विराटनगर महानगरपालिकाले फोहोर व्यवस्थापनका लागि मोबाइल टोली परिचालन गर्ने भएको छ। चाडपर्वका बेला फोहोर संकलन तथा व्यवस्थापनमा समस्या हुन थालेपछि महानगरले विशेष मोबाइल टोली सञ्चालनमा ल्याउन लागेको हो।

दसैँ, तिहार र छठजस्ता ठूला चाडपर्वका समयमा बजार तथा सार्वजनिक स्थानमा फोहोरको मात्रा बढ्ने गरेको छ। त्यसमाथि चाडपर्वका बेला कर्मचारी तथा सरसफाइमा खटिने जनशक्ति बिदामा रहने हुँदा नियमित फोहोर संकलनमा समेत समस्या हुने गरेको छ। यसलाई मध्यनजर गर्दै महानगरले तिहार र छठलाई लक्षित गरी मोबाइल टोली परिचालन गर्न लागेको हो। महानगरको योजना अनुसार कुनै स्थानमा फोहोर जम्मा भएमा स्थानीयले सरसफाइ शाखामा फोनमार्फत जानकारी गराउन सक्नेछन्। त्यसपछि मोबाइल टोली सम्बन्धित स्थानमा पुगेर फोहोर संकलन गर्नेछ।

विराटनगर महानगरपालिकाको सरसफाइ शाखाका प्रमुख अशोक गुप्ताका अनुसार दसैँको बिदाका समयमा पनि फोहोर संकलनलाई लिएर गुनासो आएको थियो। त्यसैले आगामी तिहार र छठ पर्वलाई लक्षित गरी मोबाइल टोली सञ्चालनमा ल्याउन लागिएको उनले बताए।

उनले आवश्यक परेको समयमा महानगरपालिकाको सरसफाइ शाखामा सम्पर्क गर्न आग्रह गर्दै जानकारी प्राप्त भएपछि मोबाइल टोली सम्बन्धित स्थानमा पुगेर फोहोर उठाउने व्यवस्था मिलाइएको बताए। विशेषगरी विराटनगरका मुख्य बजार, बढी भिडभाड हुने क्षेत्र तथा सार्वजनिक स्थानलाई प्राथमिकतामा राखेर मोबाइल टोली परिचालन गरिने महानगरले जनाएको छ। चाडपर्वका बेला बढ्ने फोहोरलाई व्यवस्थित रूपमा संकलन तथा व्यवस्थापन गर्दै नगरको सरसफाइ कायम राख्ने उद्देश्यले महानगरले यस्तो व्यवस्था गर्न लागेको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्