नेपालमा ‘रामायण’ को आक्रामक सुरुआत, पहिलो दिनकै कमाइ २ करोड बढी

<span class='c1'>नेपालमा ‘रामायण’ को आक्रामक सुरुआत, पहिलो</span> <span class='c2'>दिनकै कमाइ २ करोड बढी</span>

काठमाडौं । कात्तिक १९ गतेदेखि विश्वभर एकसाथ प्रदर्शन भएको भारतीय फिल्म ‘रामायण’ ले नेपालमा समेत आक्रामक सुरुआत गरेको छ ।

अग्रिम टिकट बिक्री खुला गरिएसँगै यसलाई खरिद गर्नेको चाँप बढेको फिल्मलाई पहिलो दिन विहीबार मात्र नेपालमा ५० हजार बढी दर्शकले हेरेका छन् । यसका साथै फिल्मले पहिलो दिन २ करोड बढीको ग्रस कलेक्सन गर्न सफल भएको छ ।

तिहारलाई लक्षित गर्दै प्रदर्शन भएको फिल्मले नेपालमा दोस्रो पनि आक्रामक कमाइ गर्ने सङ्केत गरेको छ । फिल्मलाई उपलब्ध गराईएको शो सङ्ख्या र दर्शकको अकुपेन्सी हेर्दा यसले आज शुक्रबार पनि पहिलो दिनकै हाराहारीमा कमाइ गर्ने बुझिएको छ ।

नितेश तिवारी निर्देशित ’रामायण’मा रणवीर कपूर भगवान् राम, साई पल्लवी सीता, यश रावण, रवि दुबे लक्ष्मण र सनी देओल हनुमानको भूमिकामा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्