जाेगबनीमा ११ वटा डुबिरहेकाे शव भेटियाे , तीन नेपाली युवाकाे सनाखत

जाेगबनीमा ११ वटा डुबिरहेकाे शव भेटियाे , तीन नेपाली युवाकाे सनाखत

अपडेट सहित : विराटनगर नजिकैकाे भारतिय बजार जाेगबनीमा ६ वटा शव पानीमा तैरिरहेकाे अवस्थामा भेटिएकाे छ । जस मध्ये ४ वटा शव पानीबाट निकालिएकाे छ भने २ वटा शव अझै निकाल्न सकिएकाे छैन ।

शनाखत हुन सकेकाे लासहरू मध्ये दुइ वटा नेपाली युवाकाे भएकाे बताइएकाे छ । विराटनगर-१२ का निश्चल घिमिरे, कोशी प्रोजेक्टका मनोज पासवान , अर्काे बिराटनगर-१३ का रोशन लुइँटेल भएकाे हाम्रा संवाददाता प्रेम देवानले बताएका छन् । यसै गरि भारतकाे जाेगवनी १० टिकलिया वस्तीका शिवनाथ साह, तिकलिया-१ कै अफारोज , पारिदा उर्फ , १४ बर्षीय पुन्नी , अभय सिंह , उलास अहिज ,तिकलिया -१० का  राजि दास , प्राची सिंहकाे शव समेत भेटिएकाे जानकारी अाएकाे छ । हामीले पाएकाे जानकारी अनुसार रेलवे स्टेशनकाे पश्चिम पट्टिकाे पाेखरीमा तैरिरहेकाे अवस्थामा शवहरू भेटिएकाे थियाे । बाँकी दुइ वटा शव पाेखरीकाे बिचमा भएकाले निकाल्न समस्या परेकाे बताइएकाे छ । दुइ नेपाली युवाकाे शब विराटनगर स्थित काेशी अंचल अस्पतालमा पाेस्ट मार्टमका लागि पठाइएकाे जानकारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्