चेतनाको साहित्यिक शृंखलामा ३७ स्रष्टाको प्रस्तुती

<span class='c1'>चेतनाको साहित्यिक शृंखलामा</span> <span class='c2'>३७ स्रष्टाको प्रस्तुती</span>

विराटनगर । चेतना संरक्षण प्रतिष्ठान विराटनगरको नियमित साहित्यिक शृंखला सम्पन्न भएको छ ।
हरेक महिनाको पहिलो शुक्रबार आयोजना हुने कार्यक्रमअन्तर्गत ४३ औं शृंखला शुक्रबार सम्पन्न भएको हो । मकालु टेलिभिजनको सभाहलमा भएको कार्यक्रममा लावण्य सापकोटा, चूडामणि नेपाल अकिञ्चन, मधु पोखरेल, मञ्जुश्री गिरी, ममता श्रेष्ठ, भरत गुरागाईं ‘बर्बरिक’, रोमा निरौला, वीरेन्द्रकुमार साह, लोचन रिजाल, भवानीप्रसाद पोखरेल, शिवबहादुर अधिकारीले आ–आफ्ना सिर्जना प्रस्तुत गरे ।
त्यस्तै अच्युतप्रसाद खतिवडा, मञ्जु घिमिरे दाहाल, मनोज ओझा, कविता केशरी, हरि कट्टेल, लक्ष्मी रायमाझी, प्रिन्स प्रमोदकुमार ढकाल, सरिता तुलाधर, अर्चना बराल, पूजा आराधना, रोहिणी रसिक, प्रमोदकुमार मण्डल, बाबुराम श्रेष्ठ ‘वर्षा’लगायत तीन दर्जनभन्दा बढी स्रष्टाहरूले सिर्जना प्रस्तुत गरेका थिए ।
अग्रज साहित्यकार बलराम पोखरेलको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा उपभोक्तावादी नेता कृष्णप्रसाद भण्डारी ‘मार्सेली’, प्रतिष्ठानकी उपाध्यक्ष सरला चापागाईं, महासचिव उमेश दाहाललगायतले मन्तव्य व्यक्त गरे । नयाँ र पुराना स्रष्टाहरूलाई एउटै मञ्चमा जमघट गराउन प्रतिष्ठानले विगत साढे ३ वर्षदेखि नियमित रुपमा कार्यक्रम गर्दै आएको कार्यक्रम संयोजक मीनकुमार नवोदितले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्