प्राण घातक इबोला भाइरस विरुद्ध मानव शरीरमा नयाँ भ्याक्सिन परीक्षण सुरु भएको छ । बेलायतको अक्सफोर्ड विश्व विद्यालयका वैज्ञानिकले यो भ्याक्सिन बनाएका हुन् । सबैभन्दा पहिले बाँदरमा परीक्षण गरिएको यो भ्याक्सिनले इबोला विरुद्ध सुरक्षीत तरिकाले काम गरेकाले मानवमा पनि सुरु गरिएको विविसीले जनाएको छ ।
अक्सफोर्डका डाक्टरहरुले परीक्षण अभियानमा सहभागी सबैलाई एक महिनामा प्रतिरक्षा गर्ने र यसको सुरक्षाका बारेमा जानकारी गराउने लक्ष्य रहेको बताएका छन् ।