बिराटनगरमा हरेक अंग्रेजी महिनाको अन्तिम बिहिबार हुने ”लास्ट थर्सडे” कार्यक्रममा यो महिना अतिथिको रुपमा एसियन थाई फुड्स प्रा. लि तथा जाजु ग्रुपका अध्यक्ष महेश कुमार जाजु आउने भएका छन् । कार्यक्रम मंग्सिर १२ गते बिहिबार ३:०० बजे बिराटनगरको होटेल नमस्कारमा हुनेछ l
”लास्ट थर्सडे” कार्यक्रम अंग्रेजी क्यालेन्डरको अन्तिम बिहिबार संचालन गरिने एउटा उधमसिलता विकाससंग सम्भंधित कार्यक्रम हो, जसले पुर्वान्चलमा रहनुहुने सफल उधमीहरुसंग नागरिकहरुको प्रतक्ष्य छलफल तथा अंतरकृया गराउने कार्य गर्दछ । उद्यमीहरुको सफलताको कथा मध्यम आम नेपाली जनताहरुमा मेहेनत गरि यही देशमा गरि खान सकिन्छ भन्ने संदेश प्रवाह गर्ने उदेश्य राख्दछ । कार्यक्रममा कुनै शुल्क लाग्ने छैन ।
बिकल्प एन अल्टरनेटिभ, मकालु टिभी, बिराटनगर इन्टरनेसनल कलेज, एनवाईईएफ बिराटनगर र होटल नमस्कारको आयोजनामा यो कार्यक्रम बिगत ५ बर्ष देखि संचालन गरिदै आएको छ ।