नेपाली राष्ट्रिय क्रिकेट टोलीले आजदेखि अभ्यास खेल खेल्दै

<span class='c1'>नेपाली राष्ट्रिय क्रिकेट टोलीले</span> <span class='c2'>आजदेखि अभ्यास खेल खेल्दै</span>

दक्षिण अफ्रिकामा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले आजदेखि अभ्यास खेल खेल्दैछ । नेपालले आज दक्षिण अफ्रिकाको बिनोनी नर्थन्स क्रिकेट क्लब बिएन सिसीसंग अभ्यास खेल्ने नेपाल क्रिकेटसंघ क्यानले जनाएको छ । बिएनसिसीसंग अभ्यास खेलेपछि नेपाली टोलीले भोली दोस्रो र सोमबार तेस्रो अभ्यास खेल खेल्नेछ । अभ्यास खेलपछि टोली विश्व क्रिकेट लिग डिभिजन टू खेल्न नामिविया जानेछ । नेपालले जनवरी २ तारिखमा युगान्डासंग खेल्दै डिभिजन टू को यात्रा थाल्नेछ ।
त्यसपछि टोलीले क्रमश नेदरल्याड्स, क्यानडा,नामिविया र केन्याको सामना गर्नेछ । भिसा समस्याका कारण बुधबार टोलीका १३ जना दक्षिण अफ्रिका गएका थिए भने अरु बाँकी ४ जना आज जाँदैछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्