विराटनगर पुस २७
महिला वालवाविका तथा समाज कल्याण मन्त्री निलम केसीले अपाङगता भएकाब्यक्तिहरुको समस्या समाधान गर्न राज्यको निति निर्माण तथा साशनपद्धतीमा परिवर्तन गर्नु जरुरी रहेको बताउनु भएको छ ।
आजबाट विराटनगरमा शुरु भएको समुदायमा आधारितपुनरस्थापना कार्यक्रमको समिक्षा तथा तालिमको उद्घाटन गर्दै मन्त्री केसीले अपाङगता भएकाहरुले पनि सवलाङग जतिकै काम गर्न सक्ने भएकोले उनीहरुको संस्क्तिकरणकालागी राज्यको शासन पद्धतीमा परिवर्तन गर्नुपर्ने बताउनुभयो
मन्त्री केसीले जति सुकै समाबेशीको कुरा गरेपनी विभिन्नकारणले शासन गर्ने ठाउमा समाबेशीबाट गएकाहरु पछि पर्ने गरेकाले अपांगहरुले सहिरुपले अधिकार पाउन नसकेको उल्लेख गर्नुभयो ।
कार्यक्रममा महिला वालवालिका तथा समाजकल्याण मन्त्रालयका सहसचिब शंखर पाठक,उपसचिब हुमकला पाण्डे, मोरङका प्रमुख जिल्ला अधिकारी गणेशराज कार्की,राष्टि??य अपाङग महासंघका केन्द्रीय अध्यक्ष सुदर्शन गौतम, पूर्वाञ्चल क्षेत्रियअध्यक्ष राम कार्कीले अपांगहरुको हक अधिकारका लागी राज्यपंक्ष गंभिर हुनुपर्नेमा जोड दिनु भएको थियो ।