विराटनगर । यूट्युब च्यानलको माध्यमबाट विभिन्न सन्देश मुलुक जानकारी गराउदै आएको विराटनगरको एक युट्युब च्यानलले सिल्भर प्ले बटन प्राप्त गरेको छ ।
विराटनगरमा रहेको टेक्नो के.डी. युट्युब च्यानलले विगत २ बर्ष यता विभिन्न जानकारी मुलुक युटुबबाट सन्देश दिदै आएका खुर्सीद बेगले यूट्युबको सिल्भर प्ले बटन प्राप्त गरेका हुन् ।
विराटनगरका लागी युट्युब च्यानलबाट सिल्भर प्ले बटन पाउने उनी पहिलो व्यक्ति भएको दावी गरिएको छ । टेक्नो के.डी नामक यूट्युब च्यानलको १ लाख ५६ हजार सस्क्राईबर छन् । यूट्युबमा अपलोड गरिएका मध्ये ३ वटा भिडियो नेपालको ट्रेन्डिङमा पर्न सफल भईसकेको छ ।