झापाको भद्रपुरमा विराटनगरका उद्योगी गोयलले बाँडे कम्बल र ह्विल चियर

<span class='c1'>झापाको भद्रपुरमा विराटनगरका उद्योगी गोयलले</span> <span class='c2'>बाँडे कम्बल र ह्विल चियर</span>

विराटनगर । वरिष्ठ समाजसेवी एवम् उद्योगपछि दीनबन्धु गोयलले २८ औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवसका अवसरमा झापाको भद्रपुरमा कम्बल र ह्विल चियर वितरण गरेका छन् । भद्रपुरको गिरि चोकमा बिहिबार आयोजित कार्यक्रममा समाजसेवी गोयलले २० थान कम्बल र २ थान ह्विल चियर वितरण गरेका हुन् ।
कार्यक्रममा गोयलले आफ्नो कर्मभूमि विराटनगर भए पनि जन्मभूमि भद्रपुरप्रति उत्तिकै स्नेह रहेको उल्लेख गर्दै आफ्ना स्वर्गीय दाजु ओमप्रकाश गोयलका स्मृतिमा झापामा विभिन्न सामाजिक कार्यहरू गर्दै आइरहेको जानकारी दिए ।स्वर्गीय गोयल झापा उद्योगवाणिज्य सङ्घका सभापति थिए ।
प्रमुख अतिथिका आसनबाट भद्रपुर नगरपालिकाका प्रमुख जीवनकुमार श्रेष्ठले गोयलका जस्तै सहयोगी हातहरू सबैका हुने हो भने समाजमा सुख, शान्ति र मेलमिलापको वातावरण आउन कुनै समय नलाग्ने बताए ।
नेपाल नेत्रहीन सङ्घका उपाध्यक्ष द्रोण निरौलाका सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्