लागु औषध सिरिन्ज सहित धरानका युवा भारतीय एसएसबी जोगवनीको नियन्त्रणमा

लागु औषध सिरिन्ज सहित धरानका युवा भारतीय एसएसबी जोगवनीको नियन्त्रणमा

जोगवनी । जोगवनीबाट लागु औषध सहित धरानका एक युवालाई भारतीय प्रहरीले नियन्त्रणमा लिएको छ । शनिवार को एसएसबी ५६ वीं वाहिनी जोगबनी बीओपीको टोलीले सिमा क्षेत्रबाट पक्राउ गरेको हो ।
भरतबाट नेपाल तर्फ आउँदै गरेका धरानका मनोज माझीलाई एसएसबीले नियन्त्रणमा लिएको हो । २ सय ५० लागु औषध सिरिन्ज सहित धरान उपमहानगरपालिका ९ बस्ने माझीलाई पक्राउ गरेको भारतीय सीमा सुरक्षा बल एसएसबीका प्रभारी बीरेन्द्र कुमारले बताए ।
पक्राउ परेका माझीलाई भारतीय प्रहरीले मुद्दा चलाउने तयारी गरेको जनाएको छ । एसएसबीले नियन्त्रणमा लिएर जोगवनी थानालाई बुझाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्