विराटनगरमा सोमबारदेखि नेपाल–भारत साहित्यिक समागम हुने

<span class='c1'>विराटनगरमा सोमबारदेखि नेपाल–भारत</span> <span class='c2'>साहित्यिक समागम हुने</span>

विराटनगर । सोमबारदेखि विराटनगरमा नेपाल–भारत त्रिदिवसीय साहित्यिक समागम हुने भएको छ ।  विराटन साहित्य सङ्गम, विराटनगरको आयोजनामा नेपाल–भारत त्रिदिवसीय साहित्यिक कार्यक्रम हुने भएको छ । मङ्गलबारदेखि तीन दिनसम्म हुने यस कार्यक्रम विराटनगरस्थित आरोहण गुरुकुलमा उद्घाटन भई भेंडेटार (नाम्जे)मा समापन हुनेछ । कार्यक्रममा नेपाल र भारतका तीन दर्जन बढी कवि एवं साहित्यकारको जमघट हुने कार्यक्रम संयोजक रामबाबु दाहालले बताए ।

कार्यक्रममा भारतबाट डा. रति सक्सेना, प्रदीपकुमार, डा. सुनिल तरुण, निगम राज, नन्द साश्वत ‘नन्द’ अमिताभ सक्सेना, सैयदअहमदजहिर ‘फना’, अनिता जैन, पंखुरी सिन्हा, ज्योति साहु, कृतिका दाहाललगायतका स्रस्टा सहभागी हुने सुनिश्चित भएको जनाइएको छ । उनीहरु केरला, कर्नाटक, पश्चिमबंगाल, सिक्किम, विहार, उत्तर प्रदेशबाट प्रतिनिधित्व हुने जनाइएको छ ।
नेपालबाट एक नं. प्रदेशका प्रतिष्ठित स्रष्टाहरु सहभागी हुने आयोजक संस्था विराट साहित्य सङ्गमका अध्यक्ष ऋतु आसीकले जानकारी दिए । जनस्तरको पहल र खर्चमा हुने यस आयोजना उपलब्धि मुलक हुने अर्का कार्यक्रम संयोजक शिवनारायण ‘सिंगल’ले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्