“संसारको छोटो प्रेम कथा “- अस्वीनि कोइराला

<span class='c1'>“संसारको छोटो प्रेम कथा</span> <span class='c2'>“- अस्वीनि कोइराला</span>

मध्य रातको समय । मुटु काम्ने जाडो, त्यसमाथि सिमसिम पानी । भारतको ग्रामीण बस्तीको त्यो रेल स्टेसन पुरै खाली थियो । दुई वटा aswini koiralaविजुलीका पुराना बल्भबाट मधुरो उज्यालोले त्यो रेल स्टेसनको कंकाल हो भन्ने बुझ्नसम्म सकिन्थ्यो ।
यहि बेला उ दुई वटा ब्याग बोकेर रेल्वे स्टसनमा छिर्‍यो । जाडोले चुरोटको तिर्सना तीब्र रुपमा बढ्दै थियो । यहि बेला उसले देख्यो, स्टेसनको एउटा कुनामा एकजना मान्छे कालो ओढ्ने अनुहार समेत लुकाएर बसिरहेको छ । उसले खल्तीबाट चुरोट निकाल्यो र करायो, ‘ओ मान्छे...तपाईंसँग सलाई छ ?’ उताबाट शरीर चल्मलाएको देख्यो, आवाज आएन ।
‘तपाईं जाडोले मर्नु भएको रहेनछ ।’ खुसी हुँदै उसले भन्यो, ‘यो रेल स्टेसनमा म मात्रै छु भन्ने लागेको थियो, तपाईं पनि जिउँदै हुनुहुँदो रैछ ।’
उसले काम्दै भन्यो, ‘यो सानो स्टेसनमा रेल आइपुग्ला, कतै पुलबाट रेल झर्‍यो भने, रातभरमा हाम्रो पनि जाडोले ज्यान जान सक्छ ।’
ठिक यहि बेला जोडले एउटा हावाको झोक्का स्टेसनमा छिर्‍यो । यहि झोक्काले त्यो कुनाको मान्छेको ओढ्ने उडाइदियो । देख्यो, एउटी सुन्दर नवयौवना जाडोले कामीरहेकी थिई ।’
‘हे अजनवी तुँ भी कभि आवाज दे कहिँ से...’ पृष्ठभूमिमा एउटा गीत बज्न थाल्यो ।
युवक तीन छक्क पर्‍यो । नजिक गएर भन्यो, ‘माफ गर्नुहोला, मैले तपाईंलाई पुरुष सम्झेर सलाई मागें ।’ युवतीको अनुहार गम्भीर थियो । केही बेर कुरा गर्दा पनि युवती केही बोलिन । यति सुन्दर युवती यत्रो बेरसम्म नबोल्दा उ अप्ठ्यारो मान्दै भन्यो, ‘म उमाकान्त बर्मा, अलइन्डिया रेडियोमा काम गर्छु । केही त बोल्नुस्, सटअप भनेपनि हुन्छ । यो जाडो, यो सौन्दर्य र यो मौन, मलाई सहन भएन । प्लीज केही त भन्नुस्...।’
‘एक कप तातो चिया...’ युवती बोली । यसरी बोली मानौं मिठो गीटारको धुन, बाँधुरी र लय मिलाइएको कुनै गीत एकसाथ ताल मिलेर बजेको होस् ।
युवक दौडदै स्टेसन बाहिर गयो । सुतिरहहेको चियावालालाई उठायो र दुई कप चिया बनाउन लगायो । ठिक यहि बेला स्टेसनमा रेल आइपुग्यो । तर यो रेल उसको थिएन । त्यसैले धेरै हतार पनि गरेन । टिप्स समेत दिएर उम्लेको चिया लिएर फर्कियो ।
देख्यो, युवती रेल चढेर जाँदैथिई । रेल हिँड्दै गर्दा युवतीका लागि बनाएको चिया कपमा स्टेसनको छतबाट पानी चुहिरहेको थियो । युवक करायो, ‘ऐई...यो चिया...’
युवकले हास्दै भन्यो, ‘संसारको सबैभन्दा छोटो प्रेम कथा...। युवती बोकेर कुदेको रेलसँगै उसको प्रेमकथा पनि अन्त्य भयो ।
साहरुख खान र मनिषा कोइरालाको चलचित्र ‘दिल से’ को यो छोटो प्रेमकथाले मलाई निकै छोएको थियो । कारण, यस्ता स–साना प्रेमकथा हामी सबैले भोगेका हुन्छौं । कतै यात्रामा, कतै स्कुल–कलेजमा, सिनेमा हल र नारा जुलुसका अघिल्तिर । कतै फेसबुक र इमेलमा, कतै कुनै विवाहको भोज र पार्टीमा...। यस्ता कथाले हामीलाई छुन्छ र कथा अघि बढाउने प्रयास पनि गरिन्छ । अनेक कारणले त्यो सफल हुँदैन र छोटो प्रेमकथाको अन्त्य हुन पुग्छ ।
फरक के छ भने चलचित्र ‘दिल से’ मा साहरुख र मनिषाको पटक पटक भेट हुन्छ र कथा अघि बढ्दै जान्छ । हाम्रो जीवनमा भने एकपटक सानो प्रेम कथा सुरु हुन्छ, परिपक्क नहुँदै त्यो कथाको अन्त्य हुन्छ ।
आज धेरै पछि त्यस्तै जाडोमा एउटी युवतीले मसँग तातो चिया मागी । चिया खान नपाउँदै मेरो प्रेमको अन्त्य पुग्यो । यहि दृष्यले ‘दिल से’ चलचित्रका साहरुख र मनीषालाई सम्झन पुगियो ।
‘हे अजनबी, तुँ भी कभि आवाज दे कहिँ से...’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्