मंगलबार बिहानै तीन बजेर ३८ मिनेटमा उनले यसबारे जानकारी दिएका हुन् । आफ्नो आधिकारिक ट्वीटर अकाउन्टमार्फत् उनले लेखेका छन्, ‘छोरीको जन्मपछि आफूलाई भाग्यमानी महसुस गरिरहेको छु । तपाईंहरुको आशिर्वादको खाँचो छ । सबैजनालाई माया । जय माता दी ।’उनको यो ट्वीटमा अहिलेसम्म १४ हजार बढी लाइक्स आइसकेको छ भने ९ सय बढीले रिट्वीट गरिसकेका छन् ।