प्रदेश नम्बर १ मा बिहीबार सार्वजनिक बिदा

<span class='c1'>प्रदेश नम्बर १ मा</span> <span class='c2'>बिहीबार सार्वजनिक बिदा</span>

विराटनगर । प्रदेश सरकारले भोली सार्बजनिक बिदा दिएको छ। सरकारले नेवार र किराँती समुदायलाई लक्षित गरि बिहीबार सार्वजनिक बिदा दिएको हो । यस्मरि पुन्ही, उधौली, ज्यापु दिवस, धान्यपूर्णिमाको अवसरमा यी पर्व मनाउने समुदायका लागि बिहीबार सार्वजनिक बिदा दिइएको हो । प्रदेश सरकारले गत चैतमा गरेको मन्त्री परिषदको निर्णयबाट सार्बजनिक बिदा दिएको हो ।
प्रदेश सरकारका प्रवक्ता आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कुमार कार्कीले प्रदेश सरकारको पुर्ब निर्धारित कार्यक्रम रहेको बताए । प्रदेश सरकारको निर्णय अनुसार प्रदश १ भित्र रहेका सबै सरकारी कार्यलय विदा हुनेछ ।
क्यालेन्डर अनुसार नै सम्बन्धित जात, धर्म भूगोल भएकालाई मात्रै बिदा दिने निर्णय भएको गृह मन्त्रालयले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्