विराटनगर । पुर्बमा शुक्रबार साँझदेखि सुरू भएको वर्षाका कारण चिसो बढेको छ। पुर्बमा सामान्य बर्षा रातभरी नै भएको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर अहिले पनि सामान्यदेखि पूर्ण बदली रही पश्चिममा मेघ गर्जनसहित हल्कादेखि मध्यम वर्षा र मध्य तथा पू्र्वमा हल्का वर्षा भइरहेको छ ।
महाशाखाले शनिबार बिहान ६ बजे जारी गरेको बुलेटिन अनुसार पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण अहिले देशको मध्य र पश्चिमी क्षेत्रका पहाडी भूभाग र पूर्वी क्षेत्रमा सामान्यदेखि पूर्ण बदली भएको हो । रातभर कतै वर्षा र कतै हिमपात हुँदा चिसो बढेको छ ।
यस्तो छ आगामी तीन दिनको मौसम पूर्वानुमान
मंसिर २८ गते (शनिबार)
दिउँसो : देशका मध्य र पश्चिमी भू-भागमा आंशिकदेखि सामान्य बदली रही पूर्वी भू-भागमा सामान्य बदली रहनेछ। देशका मध्य र पूर्वी भू-भागका केही स्थानहरुमा हल्का वर्षा हुने सम्भावना छ । उच्च पहाडी सहित हिमाली भू-भागहरुमा हल्का देखि मध्यम हिमपात हुने सम्भावना छ।
राति : देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । उच्च पहाडी सहित हिमाली भू-भागहरुमा हल्का देखि मध्यम हिमपात हुने सम्भावना छ।
मंसीर २९ गते (आइतबार)
दिउँसो : देशको पश्चिमी भु-भागमा सामान्य बदली र मध्य तथा पूर्वका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही पश्चिमी थोरै स्थानहरुमा हल्का वर्षा हुने सम्भावना छ । हिमाली भू-भागहरुमा हल्कादेखि मध्यम हिमपात हुने सम्भावना छ।
राति : देशको पश्चिमी पहाडी आंशिक देखि सामान्य बदली साथै मध्य तथा पुर्वी पहाडी भू-भागमा आंशिक बदली रहनेछ । हिमाली भू-भागहरुमा हल्का हिमपात हुने सम्भावना छ।
मंसीर ३० गते (सोमबार)
दिउँसो : देशको केहि पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही अधिकांश भू-भागमा मौसम सामान्यतया सफा रहनेछ ।
राति : देशको केहि पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही अधिकांश भू-भागमा मौसम सामान्यतया सफा रहनेछ ।