विराटनगरमा तेस्रो जुत्ता चप्पल मेला हुने, स्थानीय उत्पादनको प्रवद्र्धन गरिने

<span class='c1'>विराटनगरमा तेस्रो जुत्ता चप्पल मेला</span> <span class='c2'>हुने, स्थानीय उत्पादनको प्रवद्र्धन गरिने</span>

विराटनगर । विराटनगरमा नेपाली जुत्ताघर प्रा.लि.को आयोजनामा विराटनगरमा तेस्रो जुत्ता चप्पल मेला हुने भएको छ। ‘स्वदेशी वस्तुको प्रवद्र्धन हाम्रो अभियान’ भन्ने मुल नाराका साथ आगामी पुस १ गतेदेखि विराटनगरको जैन भवनमा मेला लाग्ने भएको हो ।

नेपाली जुत्ता चप्पल घरले विराटनगरमा आईतबार पत्रकार सम्मेलनको आयोजना गरी मेला लाग्नेबारे जानकारी गराएको हो । नेपालमा नाम चलेका चर्चित ६ वटा ब्राण्डका चुत्ता चप्पलहरू ‘विराट फुटवयर एक्स्पो २०७६ ’का आकर्षण हुने मेला संयोजक होमनाथ उपाध्ययले जानकारी दिए ।
मेलामा शिखर सुज, बिएफ. डियरहिल सुज, रन सुज, शु लैण्ड, लैण्ड वाक र हाइ लाईप सुज एण्ड स्लीपर ब्राण्डका जुत्ता चप्पल रहने उपाध्यायले जानकारी दिए । मेलामा एकसयदेखि १० हजार मुल्य सम्मका जुत्ता चप्पल उपलब्ध हुने छ । साथै तीन हजार बढी मोडलका जुत्ता, चप्पल एकै ठाउँमा आफ्नो रोजाई अनुसार खरिद गर्न सकिने उपाध्ययले बताए ।
विराटनगरमा तेस्रो पटक आयोजना हुन लागेको जुत्ताचप्पल मेलामा प्रदेश एक लगायत भारतको फारविन्जगन्जबाट समेत उपभोक्ता आउने अपेक्षा मेला आयोजक समितीको छ । मेलाका जुत्ता चप्पल खरिद गर्न आउनेहरुलाई ६० प्रतिशतसम्म छुटको व्यावस्था गरिएको उपाध्यायले जानकारी दिए ।
मेला अवधीभर १ लाख ५० हजारले अवलोन गर्नुको साथै एक करोड ५० लाखको कारोबार हुने आयोजकको दाबी छ । पुस १ गते शुरुहुने मेलाको उद्घाटन प्रदेश १ का उद्योग पर्यटन वन तथा वातावरण मन्त्री जगदिशप्रसाद कुसयैतले गर्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्